Comments Add Comment

जनकपुरमा एक महिलामाथि सामूहिक बलात्कार, ४ पक्राउ, २ फरार

rape

१८ जेठ, जनकपुरधाम । जनकपुरमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ । जनकपुरको नयाँ बसपार्कमा जेठ १० गते साँझ ७ बजे ६ जना युवाहरुले स्थानीय एक निजी विद्यालयमा काम गर्ने ३५ वर्षकी महिलामाथि सामुहिक बलात्कार गरेको घटना सार्बजनिक भएको हो ।

महिला बलात्कृत भइरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै घटनास्थलमा पुगेको प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । अन्य दुई जना भने फरार रहेको धनुषा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा जनकपुर उपमहानगरपालिका २४ का १९ वर्षीय आकाश सहनी, वार्ड नम्बर २३ का २० वर्षीय अमर साह, १८ वर्षीय फिरोज राईन र महोत्तरी गौशाला नगरपालिका ७ का राजेश साह रहेको धनुषाका प्रहरी उपरीक्षक नकुल पोखरेलले जनकारी दिए । फरार भएका दुई जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पीडितको जाहेरी अनुसार पक्राउ परेकाहरु माथि जबरजस्ती करणी मुद्दा दायर गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको पोख्रलले जानकारी दिए । प्रहरीका अनुसार पीडित महिला र पक्राउ परेका आरोपीहरुको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षणसमेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment