Comments Add Comment

ओलीले प्रचण्डलाई सत्ता नसुम्पने ! भन्छन्-भद्र सहमति भनेको के ? (भिडियोसहित)

Kp-oli

१८ जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट पास भएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुनै भद्र सहमति नभएको बताएका छन् ।

राष्ट्रिय सहमतिको सरकार बन्दा एमालेकै नेतृत्वमा हुने भन्दै उनले नभए यो सरकारले नै २०७४ साल मंसिरमा चुनाव गर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो २७ औ स्थापना दिवसको अवसरमा आयोजित जलपालमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जेन्टलमेन्ट एग्रिमेन्ट भनेको के ? नौबुँदे देख्नु भएन तपाईहरुले ? नौबुँदेमा हस्ताक्षर छैन ? अनि हस्ताक्षर भएर जेन्टलमेन्ट एगि्रमेन्ट के हुन्छ ?’

सञ्चारकर्मीहरुले कांग्रेससँग भएको जस्तै भन्दा उनले भने, ‘त्यस्तो होइन । फरक कुरा थियो । पछि १६ बुँदे अर्कै सन्दर्भमा थियो । र, यसपल्ट त्यस्तो कुनै सहमति भएको छैन ।’

कांग्रेसले सरकार फेर्ने प्रयास गर्दा एमाले र एमाओवादीबीच नौबुँदे सहमति भएको थियो । र, बजेट पाएपछि प्रचण्डको नेतृत्वमा सरकार बनाउने भद्र सहमति भएको माओवादीको दाबी छ ।

तर, प्रधानमन्त्री ओलीले त्यसलाई अस्वीकार गरे । उनले भने, ‘मैले हेरे, तीनबुँदा भनेर यो यो लेखिएछ । स्वीकार गरिएको तीनबुँदा हो कि अस्वीकार गरिएको ?’ उनी आफैंले जवाफ लिए, त्यो स्वीकार गरिएको थिएन ।’

उसो भए प्रचण्ड प्रधानमन्त्री हुँदेनन् त भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले ‘जो पनि प्रधानमन्त्री हुने त छँदैछ नि’ भनेका छन् ।

राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा मात्र प्रचण्डलाई सरकार छाड्ने संकेत गर्दै उनले भने, ‘एमाले र र माओवादीको सहमतिले राष्ट्रिय सहमति बन्दैन ।’

यो सरकार कहिलेसम्म रहन्छ त भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘यो सरकारले ०७४ साल मंसिरमा चुनाव गराउँछ र त्यसमा बहुमत ल्याउँछ । त्यसपछि तपाईहरुको प्रश्नको थप उत्तर दिउँला ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment