Comments Add Comment

केवल ८५ करोडमा किन्न सकिन्छ अमेरिकाको यो पूरै सहर

casino al ari_americaअमेरिकामा जम्मा ८० लाख डलरमा एउटा पूरै सहर बिक्रिमा रहेको खबर छ ।

अमेरिको लस भेगास नजिकै रहेको उक्त सहरमा १० होटल, १ क्यासिनो तथ एक कम्युनिटी सेन्टर समेत रहेका छन् । दक्षिणी लभ भेगासबाट झण्डै १३० किमी टाढा रहेको कल नेभ एरी नामको उक्त सहरलाई न्यान्सी किडवेल नामकी महिलाले झण्डै ८५ लाख रुपैयाँमा बिक्रिमा राखेकी हुन् ।

न्यान्सी र उनका पतिले उक्त सहरको नाम नजिकका तिनवटा सहर क्यालिफोर्निया, नेवादा र एरिजोनाको छोटकरी बनाएर राखेका हुन् । झण्डै पौने ४ सय  जनाको बसोबास रहेको यो सहर ५२० एक्कडमा फैलिएको छ ।

सन् १९६० को दशकमा संघीय सरकारबाट न्यान्सी दम्पतिलाई ६४० एक्कड जमिन निशुल्क प्राप्त भएको थियो । त्यस समय उक्त ठाउँ अनकन्टार थियो र पातपतिंगरले भरिएको थियो । कुनै घर तथा भौतिक पूर्वाधार थिएनन् । तर न्यान्सी दम्पत्तिले त्यहाँ सहर बसाए । अहिले आफैले बसाएको उक्त निजि सहर बिक्रिमा राखेका छन् उनीहरुले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment