Comments Add Comment

रानीलाई उद्धार गर्न मौरीले २४ घण्टासम्म कारलाई खेदेपछि…

Experienced senior apiarist and swarm of bees in apiaryएउटा अनौठो घटना सार्वजनिक भएको छ । कारमा यात्रा गरिरहेकी एक ६५ वर्षीया हजुरआमालाई लगातार २४ घण्टासम्म माहुरीले लखेटेको छ ।

घटना बेलायतको हो । बेलायतको एक प्राकृतिक आरक्षबाट घर फर्किने क्रममा उनलाई माहुरीले खेदेको हो ।

कार लिएर घर फर्किने क्रममा आफ्नो कारको पछाडिपटि्ट ठूलो संख्यामा माहुरी झुत्तिएपछि क्यारोल होवार्थ अचम्ममा परिन् । झण्डै २० हजारको संख्यामा रहेका माहुरीको पूरै गोलो कारको बाहिर झुम्मिएको थियो ।

हेबरफेर्डवेस्ट टाउन सेन्टरमा कार पार्क गरेलगत्तै यसरी माहुरी झुम्मिएका थिए । अन्ततः माहुरी पालक, पार्कका रेन्जर तथा स्थानीय मानिसरुको सहयोगमा ती माहुरीलाई काठको बाकसमा हालियो । अनि जंगलमा लगेर छाडियो ।

त्यसपछि उनले ढुक्क भएर कार चलाएर घर गइन् । तर अर्को दिन बिहान उनी झनै चकित भइन् । हिजोजस्तै ठूलो संख्यामा माहुरीहरुले उनको कार छोपेका थिए ।

माहुरीको गोलोले उनको कारलाई किन त्यसरी पछ्यायो भन्नेमा अहिले पनि उनी तिनछक छिन् । कतै उनको कारभित्र माहुरीको रानी थुनिएपछि रानीलाई उद्धार गर्न त्यसरी माहुरीका सेनाले उनको कार पछ्याएका पो हुन् की भन्ने उनलाई लागेको छ । तर उनको कारभित्र कुनैपनि रानी माहुरी भेटिएन ।

अर्को दिन पनि आफ्नो कारमा माहुरी झुम्मिएको देखेपछि उनले मौरीपालक किसानलई बोलाएर ती मौरीलाई त्यहाँबाट हटाउन लगाउन पर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment