Comments Add Comment

दलित संघका अध्यक्ष विश्वकर्माविरुद्ध उजुरी

१९ जेठ, काठमाडौं । नेपाल दलित संघका नेताहरुले अध्यक्ष मीन विश्वकर्माविरुद्ध पार्टी सभापति शेरबहादुर देउवा समक्ष उजुरी गरेका छन् ।

Meen-Biswakarmaमीनले दलित संघ दाङका कार्यबाहकलाई हटाएर सदस्यलाई अध्यक्ष तोकेका थिए । निर्वाचित अध्यक्ष दिनेश नेपालीको सवारी दुर्घटनामा निधन भएपछि उपाध्यक्ष चन्द्रबहादुर नेपालीले कार्यबाहक चलाएका थिए ।

तर, अधिवेशनको तयारी सुरु भएसँगै केन्द्रीय अध्यक्ष मीन विश्वकर्माले जिल्ला सदस्य खेम विश्वकर्मालाई अध्यक्षको अख्तियारी दिएर पठाएका छन् ।

यसको विरोध गर्दै नेताहरु जीवन परियार, खड्गबहादुर वश्याल, कविताकुमारी सरदार, विमला नेपाली, प्रकाश स्नेही लगायतले बुधबार कांग्रेस सभापति देउवालाई भेटेका छन् ।

देउवाले यसबारे पार्टी केन्द्रीय सदस्य समेत रहेका दलित संघका अध्यक्ष मीन विश्वकर्मासँग कुराकानी गर्ने आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment