Comments Add Comment

चार घण्टाको प्रयासमा चितुवा समातियो

Leopard-Found-at-Kuleshwor-final
कुलेश्वरको एक घरमा चितुवा र कुकुरको जम्का भेट । तस्वीर: विश्वनाथ रिजाल

१९ जेठ, काठमाडौं । काठमाडौंको कुलेश्वरमा फेला परेको चितुवा चार घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको छ ।
बुधबार बिहान पाँच बजेतिर कुलेश्वरको लिंक रोडस्थित एक घरमा चितुवा छिरेको थियो ।

बेहोस् बनाउने सुई हानेर चितुवालाई नियन्त्रणमा लिइएको वन्यजन्तु विशेषज्ञ विश्वनाथ रिजालले अनलाइनखबरलाई जानकारी दिए ।

सुरक्षाकर्मी, चिडियाखाना र वनका कर्मचारीहरुलाई चितुवा नियन्त्रण गर्न हम्मे-हम्मे परेको थियो । पहिलो पटक सुई हान्दा बेहोस् नभएको चितुवा दोस्रो पटक सुइ हानेपछिमात्रै बेहोस् भएको थियो ।

चितुवा घरको कम्पाउण्डमा छिरेका कारण घरमा बसेकाहरु बाहिर निस्किन सकेका थिएनन् । प्रहरीले पनि घर वरपरका सडकमा हिँडडुल गर्न सबैलाई रोक लगाएको थियो ।

घरमा पालिएको सेतो कुकुरलाई चितुवाले आक्रमणको प्रयास पनि गरेको थियो, तर खान भने सकेन ।

चितुवा नियन्त्रणको प्रयास हेर्न कुलेश्वरमा सर्बसाधारणको घुइँचो लागेको थियो ।

Leopard-found-in-Kuleshwor

Leopard-Found-in-Home

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment