Comments Add Comment

मोटरसाइकल भन्सारलाई बुझाइयो

१९ जेठ, बर्दिवास। जिल्ला प्रहरी कार्यालय महोत्तरीले भन्सार छलेर मुलुकभित्र छिराउने क्रममा नियन्त्रणमा लिइएका चारवटा मोटरसाइकल लिलामी प्रक्रियाका लागि भन्सार कार्यालय भिठ्ठामोडलाई बुझाएको छ ।

Motercycle-Rider-Sketchमङ्गलबार भारततर्फबाट अवैधानिक तवरले जलेश्वर नगरपालिकाको भारतीय सीमावर्ती नाकाबाट जिल्लाभित्र छिराउने क्रममा नियन्त्रणमा लिइएका चार थान मोटरसाइकल आवश्यक थप कारबाही र लिलामी प्रक्रियाका लागि भन्सार कार्यालयमा बुझाइएको जिप्रका महोत्तरीले जनाएको हो ।

भन्सारलाई बुझाइएका मोटरसाइकलमा हिरो प्यासन, हिरो होन्डा, पल्सर र प्लाटिना एक÷एक थान रहेको प्रहरीले जनाएको छ ।

चारवटै मोटरसाइकल अहिलेको बजार मूल्यमा दुई लाख पर्ने जिप्रका महोत्तरीका प्रहरी निरीक्षक नरेश महतोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment