Comments Add Comment

राज्यमन्त्रीले फाइल रोक्दा रौतहटका अस्पताल डाक्टरविहीन

तराईका जिल्लामा बस्नै मान्दैनन् चिकित्सक

१९ जेठ, काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमले दरबन्दी अनुसारको चिकित्सक नियुक्त गर्ने मन्त्रालयको निर्णयसम्बन्धी फाइल रोकेर आफ्नै जिल्लालाई समेत चिकित्सकविहीन बनाइदिएका छन् ।

mohamad mustak alamरौतहट जिल्ला अस्पताल गौर, रौतहटकै चन्द्रनिगाहपुर अस्पताललगायत केही अस्पतालहरुमा अहिले दरबन्दी अनुसार एउटा पनि डाक्टर नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यहाँ रहेका डाक्टर बढुवा र सरुवा भएर अन्यन्त्र गएपछि ती अस्पतालमा अहिले हेल्थ असिस्टेन्टले बिरामी जाँच गरिरहेको मन्त्रालयले जनाएको छ ।

‘चिकित्सकहरु सरुवा र बढुवा भएर अन्यत्र गएपछि गौर, चन्द्रनिगहापुर अस्पतालसहित पूर्वी तराईमा रहेका करिब एक दर्जन अस्पतालमा चिकित्सक थिएनन्, हामीले केही चिकित्सकलाई सरुवा गरेर पठाएका थियौँ’ स्वास्थ्य मन्त्रालयका एक सहसचिवले भने ‘तर मन्त्रीले आफ्नै जिल्लामा चिकित्सक पठाउने निर्णय उल्ट्याइदिनुभयो ।’

कर्मचारी व्यवस्थापन गर्ने अधिकार सचिवलाई हुन्छ । त्यही अनुसार सचिवको सिफारिसमा मन्त्रालयले रिक्त रहेको स्वास्थ्य केन्द्रमा चिकित्सक नियुक्त गरेर स्वास्थ्य मन्त्री र राज्यमन्त्रीलाई जानकारी गराएको थियो ।

‘मन्त्रीले त्यसमा सहमति जनाए पनि राज्यमन्त्री आलमले मेरो जिल्लामा मेरो सहमति चाहिन्छ भन्दै निर्णय रोकेको कर्मचारी बताउँछन् । त्यसयता रौतहटका अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा चिकित्सक नियुक्त गर्ने प्रक्रिया रोकिएको छ ।
गौर अस्पतालमा ९ र १० औँ तहका १ जना, ८ औँ तहका ४ जनासहित २८ स्वास्थ्य कर्मीको दरबन्दी रहेकोमा अहिले ८ औैँ र ९-१० औँ तहका चिकित्सकको दरबन्दी रिक्त छ ।

रौतहटकै चन्द्रनिगाहपुर अस्पतालमा पनि रिक्त चिकित्सकको दरबन्दी पूर्ति हुन नसक्दा एचए तहका स्वास्थ्यकर्मीले बिरामी जाँच गर्नुपरेको छ । रौतहटका सबैजसो स्वास्थ्य केन्द्र र अस्पताल चिकित्सकविहीन बन्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

पूर्वी तराईका जिल्लामा बस्नै मान्दैनन् चिकित्सक

दुर्गम क्षेत्रमा सरुवा हुन नमान्ने र सुगमका लागि मात्र जोडबल गर्ने नयाँ कुरा होइन । सुगममा सरुवा पार्न कर्मचारीले पहुँचवाला खोज्ने र आर्थिक कारोबारसमेत गर्ने गरेको पाइन्छ । तर, पछिल्लो केहि महिना यता सुगम मानिएको क्षेत्र पूर्वी तराईका ८ जिल्लामा पनि कर्मचारीले सरुवा भएर जान अनिच्छा देखाका छन् । विशेषगरि तराईमा आन्दोलन चर्कन थालेपछि स्वास्थ्य सेवाका कर्मचारी पूर्वी तराईका आठ जिल्ला जान नचाहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गौर अस्पतालका कृष्ण साह काम गर्ने स्थिती नभएको भन्दै केहि महिनाअघि सरुवा मागेर प्युठान पुगेका छन् । रौतहट घर भएका साह घरपायकको कार्यालय छोडेर दुर्गम मानिने जिल्ला प्युठान गएका हुन् । यसरी पछिल्लो समय ती जिल्लामा रहेका अधिकांश चिकित्सकले दुर्गम भए पनि जाने भन्दै सरुवा माग गर्न थालेको स्वाथ्य मन्त्रालयको एक अधिकारीले बताए ।

यसरी सरुवा माग गर्नेहरुमा धेरैजसो महिला चिकित्सक र स्टाफ नर्सहरु रहेका छन् । ‘हामीलाई त्यहाँको वातावरण सुरक्षित छैन, कुनै पनि तरिकाले सुरक्षित महसुस गर्न सकेनौँ भन्दै स्टाफ नर्सहरुले सरुवा माग गरेका छन्’ स्वास्थ्य मन्त्रालयका ती अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment