Comments Add Comment

गाजलु’ प्रिमियरमा अनमोल र श्रृष्टीको क्रेज(११ तस्बिर)

anmol bhuwan and shritsthi
आजबाट प्रदर्शनमा आएको चलचित्र ‘गाजलु’को बिहिबार काठमाण्डौको कुमारी हलमा भव्य प्रिमियर गरियो । चलचित्रको प्रिमियरमा चलचित्रकर्मी, पत्रकारका साथमा अन्य विभिन्न क्षेत्रका मानिसहरु पुगेका थिए ।

हेमराज वीसीले निर्देशन गरेको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । पूर्व कुमारीको कथामा बनेको यो चलचित्रको कथावस्तुलाई चलचित्रकर्मी र पत्रकारले मन पराएका छन् ।

चलचित्रको पि्रमियरमा नायक अनमोल केसी, नायिका श्रृष्टी श्रेष्ठ मुख्य आकर्षणको केन्द्र बनेका थिए । सबैभन्दा ढिलो पुगेका अनमोल गाडीबाट ओर्लन वित्तिकै मिडियामा घेरिए । उनलाई यूवतीहरुले पनि घेरेका थिए । यसैले उनी रेड कार्पेटमा लामो समय नबसी हल भित्र प्रवेश गरेका थिए । salon karisma and salina sunil thapa and saroj khanal shristhi menuka wilson and gaurab anmol and shristhi

नायिका श्रृष्टी श्रेष्ठ पहेलो रंगको पहिरनमा पुगेकी थिइन् । उनलाई देखेर केही यूवतीहरुले आफूलाई मोडल बन्ने मन लागेको बताए ।

यस्तै प्रिमियरमा चलचित्रका मुख्य कलाकारहरु सलोन बस्नेत, मेनुका प्रधान, गौरव पहारी, ऋतिक शाही पनि पुगेका थिए ।
चलचित्र हेर्ने अधिकांशले यसको प्रस्तुती, ६ जना साथीको मित्रतालाई रुचाए । चलचित्रले शुक्रबार बिहानी शोमा आक्रामक ओपनिङ गरेको छ । gaurab anurag anupam rohit harihar gajalu prermier namrata shrestha menuka and gaurab pradip paudel with wife

तस्विरः श्रीधर पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment