Comments Add Comment

प्रकृतिको सुन्दर बगैँचा खप्तड (फोटो फिचर)

khaptad-2२९ जेठ, काठमाडौं । प्राकृतिक सौन्दर्यताको खानी हो, खप्तड राष्ट्रिय निकुञ्ज । खप्तडलाई सौन्दर्यको पर्याय नै मानिन्छ । त्यसैले खप्तडलाई धर्तीको स्वर्गको उपमा दिइएको छ ।

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा २२ वटा घाँसे मैदान अर्थात पाटन रहेका छन् । सुन्दर घाँसे मैदानमा पुग्नेवित्तिकै यात्रीको थकान मेटिन्छ । यसको वरिपरि ५३ वटा थुम्काहरु छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ ।

घाँसै मैदान, खप्तड दह, नाग ढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, शिव मन्दिर यहाँको आकर्षण हुन् । यो ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ हो । खप्तड प्रकृति प्रेमीलाई मात्र नभई, धार्मिक पर्यटकलाई समेत उपयुक्त गन्तव्य हो ।

Khaptad-final-4-1सुदूरपश्चिमको सबैभन्दा प्रशिद्ध गन्तव्य स्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मंसिरसम्मको समय उपयुक्त मानिन्छ । चैत बैशाखमा खप्तड गएमा रंगीविरंगी लालीगुराँस फुलेको देख्न पाइन्छ ।

गंगा दशहरा मेला

खप्तडको सबैभन्दा आकर्षक पक्ष हो, गंगा दशहरा मेला । प्रत्येक वर्षको जेठ महिनामा यहाँ भव्य मेला लाग्ने गर्छ । सुदूरपश्चिमका ९ वटै जिल्लासहित देशभरबाट यहाँ भक्तजनको भिड लाग्ने गर्छ ।

khaptad-3यसपटक पनि गंगा दशहरा मेला आयोजना हुँदैछ । ट्रेकिङ व्यवसायीले विभिन्न प्याकेजहरु बनाएर खप्तडमा पर्यटक लगिरहेका छन् । त्यो दिन त्रिवेणीमा नुहाउँदा सम्पूर्ण पापहरु पखालिने, मनको इच्छा पूरा हुने, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने विश्वास छ । खप्तडमा ४० जनासम्मका लागि आवास र खाना खाने व्यवस्था छ ।

कसरी पुग्ने ?

खप्तडमा बझाङको तमैल र डोटीको झिंग्रानबाट जान सकिन्छ । बझाङको बाटो भएर जान धनगढीबाट गाडीमा तमैलसम्म ९ घण्टा गुड्नुपर्छ । तमैलबाट लामातोलासम्म लोकल जीप पाइन्छ, जिपमा ४५ मिनेट जति गुड्नुपर्छ ।

khaptad-1लामातोलाबाट ४ घण्टामा लोखाडा (खप्तड बेस क्याम्प) र त्यहाँबाट २ घण्टामा खप्तडका घाँसे मैदान र क्याम्प साइटसम्म पुग्न सकिन्छ । तमैल कटेपछि ठाउँ-ठाउँमा लोकल टि-हाउस छन् भने खाने-बस्ने पनि सुविधा । त्यसपछि उकालो बाटो करिब ४ घण्टा हिँडेर खप्तड लेक पुग्न सकिन्छ ।

Khaptad_ (15) Khaptad_ (13) Khaptad_ (11) Khaptad_ (10) Khaptad_ (4) Khaptad_ (2) Khaptad_ (1)

तस्वीरः शुक्लाफाँटा जंगल कटेज रिसोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment