Comments Add Comment

२३ लाखको बाइकमा अनमोलको स्टाइल(५ तस्बिर)

Anmol kc (1)
चलचित्र ‘ड्रिम्स’ चलेपछि नायक भूवन केसीको घरमा २ करोड भन्दा बढी रकम भित्रियो । नायक केसीले आफ्नो पुरानको कार परिवर्तन गरे र नयाँ रातो रंगको कार किने । बाबुले गाडी किन्दा छोरा अनमोल केसीले भने बाइक किने । अनमोलसँग ३ लाख पर्ने बाइक थियो । तर, चलचित्र चलेपछि उनले बाइक परिवर्तन गरे । Anmol kc (2) Anmol kc (3)
अनमोलले ३ हप्ता अगाडि मात्र ‘डुकाटी’ बाइक किने । यो बाइकलाई २३ लाख पर्ने अनमोलले जानकारी दिए । बेलायतबाट फर्किएपछि उनले नयाँ बाइक किनेका हुन् । अनलाइनखबरले बाइकमा बसेर तस्बिर खिच्न आग्रह गर्दा अनमोलले भने-‘नम्बर प्लेट भने ननिकाल्दिनु होला है । यसै त यूवतीहरुले हैरान गरेका छन् । बाइक नम्बर पनि चिने भने गाह्रो हुन्छ ।’

अनमोलले आफूलाई बाइक चढ्न मन लाग्ने बताए । हालै मात्र एक चलचित्रका लागि २० लाख पारिश्रमिक लिएका अनमोल सर्वाधिक महंगा र चलेका नायक हुन् । Anmol kc (4) Anmol kc (5)

तस्बिर : विनोद पोख्रेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment