Comments Add Comment

सेञ्चुरी बैंकले सुरु गर्‍यो भिसा क्रेडिट कार्ड सेवा

Century-Credit-Card
६ असार, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी भिसा क्रेडिट कार्डको शुरुवात गरेको छ । ग्राहकहरुले गोल्ड र क्लासिक दुई प्रकारका क्रेडिट कार्डको सुविधा लिन सक्नेछन् ।
ग्राहकको सुविधालाई ध्यानमा राख्दै सेञ्चुरी बैंकले भिसा क्रेडिट कार्डको सेवा बैंकको ३१ वटै शाखाहरुबाट उपलब्ध गराउने बताएको छ ।

आर्थिक वर्ष २०७२/७३ को चैत्र मसान्तसम्म यो बैंकले २६ अर्ब १ करोड रुपैयाँ कुल निक्षेप संकलन गरी २२ अर्ब ८३ करोड रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । बैंकले चैत मसान्तसम्म २३ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

२०६७ फागुन २६ गते काठमाडौंको पुतलीसडकबाट ३१औं वाणिज्य बैंकको रुपमा बैंकिङ कारोवार सुरु गरेको यस बैंकका हालसम्म ३१ वटा शाखा, २८ वटा एटीएम, ८ वटा शाखारहित बैंकिङ र ३ वटा एक्सटेन्सन काउन्टर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment