Comments Add Comment

घरमा आँखा चिम्लिएर हिड्दैछिन् वेनिशा

benisha hamal
दुबै आँखा गुमाएर पनि जीवनदेखि हरेश नखाएकी श्रृष्टी केसीको नाम अहिले देश-विदेशमा परिचित छ । श्रृष्टीको प्रेरणात्मक भनाइहरुलाई युटुबमा लाखौले हेरेका छन् र प्रेरणा लिएका छन् । उनी लाखौका लागि प्रेरणाको श्रोत बनेकी छिन् ।

उनै श्रृष्टीको जीवनीमाथि बन्ने चलचित्र ‘ब्लाइन्ड रक्स’का लागि नायिका वेनिशा हमाल उत्साहित छिन् । आफूलाई यो भूमिका अफर आएदेखि नै उत्साहित भएको र चुनौती पनि थपिएको उनको भनाई छ ।
benisha hamal 1
यो भूमिकालाई न्याय दिन के-के गर्नुहुन्छ र के गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्-‘म क्यारेक्टर कोर्स नै गर्ने सोचमा छु । अहिले घरमा पनि आँखा चिम्लिएर नै काम गरिरहेकी छु ।’ वेनिशा अहिले धेरै भन्दा धेरै समय श्रृष्टीसँग बिताइरहेकी छिन् । नायिका भन्छिन्-‘उनको बोल्ने, हिड्ने, खाने शैलीलाई हेरिरहेकी छु । उनको स्पिच दिने शैलीलाई नियालिरहेकी छु ।’

बलिउडमा बायोपिक चलचित्रको ट्रेन्ड चलेपनि नेपालमा यस्ता खालका चलचित्र खासै बनेका छैनन् । यसैले पनि बायोपिक चलचित्रमा नेपाली कलाकारले काम गर्न पाएका छैनन् । वेनिशाले ‘मोक्ष’पछि दोश्रो चलचित्रमा कसैको जीवनीमाथि भूमिका निर्वाहा गर्दैछिन् ।
benisha hamal 2
आँखा चिम्लिएर हिड्न कत्तीको गाह्रो भैरहेको छ भन्ने प्रश्नमा उनले भनिन्-‘घरमा त त्यती गाह्रो भएको छैन । किनकी, घरका सबै कुराहरु थाहा हुन्छ । तर, विस्तारै बाहिर पनि आँखा चिम्लिएर हिड्ने प्रयास गर्छु ।’

चलचित्र ‘किङ’को प्रचारमा हिड्नु पर्ने भएकाले पनि वेनिशा असोजपछि मात्र श्रृष्टीको लुकमै वर्कशप गर्ने तयारीमा छिन् । उनले भनिन्-‘किङमा मिडियामा आउनु पर्ने भएकाले पनि मैले ‘ब्लाइन्ड रक्स’को लुकमा आउन मिल्दैन । त्यसपछि भने म क्यारेक्टरमा अझ डुब्नेछु ।’benisha hamal 3
बायोपिक चलचित्र गर्दा कलाकारलाई फाइदा हुने वेनिशाको तर्क छ । तर, यस्तो चलचित्रमा राम्रो काम गर्न सकिएन भने दर्शकदेखि चलचित्रकर्मी र मिडियाले कमजोर आँकलन गर्ने कुरामा पनि वेनिशा सजग छिन् । आजसम्म अपेक्षित रुपमा सफलता नपाएकी यी नायिकाले विस्तारै राम्रा चलचित्र पाउन थालेकी छिन् ।

‘ब्लाइन्ड रक्स’मा श्रृष्टी केसीको भूमिका निर्वाहा गर्न लागेकी वेनिशालाई अवसर र चुनौती दुबै छ । मिलन चाम्सले निर्देशन गर्ने यो चलचित्रको छायांकन नोभेम्बरबाट सुरु हुनेछ । bensiha hamal 4

तस्विरः श्रीधर पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment