Comments Add Comment

अनमोलको २० लाख पारिश्रमिक कम भयो, नम्रताको अभिनयले सिरिङ्ग बनाउँछः आयुष्मान देशराज

aausman deshraj
चलचित्र ‘चपली हाइट २’बाट चलचित्र क्षेत्रमा प्रवेश गर्न लागेका कलाकार हुन्, आयुष्मान देशराज जोशी । चलचित्र क्षेत्र पनि बनोस्, आफू पनि अगाडि बढुँ भन्ने सोच छ उनको । उनै आयुष्मानले अनलाइनखबरसँग गरेको रमाइलो कुराकानीः

‘चपली हाइट २’ डबिङमा हेरेपछि कमजोरी के लाग्यो ?
कतिपय ठाउमा राम्रो गर्न सक्छु भन्ने पनि लाग्यो । मलाई  हरेक काम पर्फ]{ट हुनुपर्छ, यो मेरो कमजोरी हो । मैले सुटिङको समयमा चलचित्र डविङ गर्न पर्छ भन्ने नै विर्सिएछु । मैले दृश्यमा स्पष्ट गरेर बोलेको भए अझ सजिलो हुने थियो कि भन्ने लाग्यो । चर्को स्वरले कराउँदा छायांकनको समयमा त आवाज आयो, तर डविङमा निकाल्नै गाह्रै ।

धेरै डेब्यू कलाकारहरु केहि कमजोरी भए आफू नयाँ हुँ, माफी दिनुहोस् भन्छन् नि, के यो आवश्यक छ ?
हामी पनि मान्छे हौं, जति दिमाग चलाएपनि कही न कही गल्ती हुन्छ । जस्तो हुनुपर्ने हो त्यस्तो नहुन सक्छ । नगर्न सकेको बेलामा माफ दिनु भन्न खोजेको होला । यो स्वभाविक नै हो भन्ने लाग्छ ।

‘चपली हाइट २’बाट कस्तो इमेज बनोस् भन्ने चाहुनुहुन्छ ?
मलाई त्यस्तो केहि पनि सोच छैन । यो त्यो बनोस् भन्ने छैन । म यो नगरिमा अभिनय गर्न नै छिरेको हो । एउटै मान्छेले एउटै क्यारेक्टर निर्वाहा गर्न जरुरी छैन ।

मलाई फरक-फरक भूमिका गर्न सक्ने कलाकार भनेर दर्शकले चिनुन् भन्ने लाग्छ । चलचित्रमा अभिनय पनि मेरो एउटा पेशा हो । मलाई टाइटल आवश्यक छैन । अभिनय राम्रो छ भन्नु भयो भने खुशी हुन्छु ।
aausman deshraj 1
‘चपली हाइट २’ मा तपाइको के चुनौती थियो ?
मैले सिंगो कथालाई नै मेरो चुनौती मानेको थिएँ । यसमा मेरो भूमिका फरक-फरक छ । मैले ऐना अगाडि बसेर धेरै कराएँ । सिंगो कथा नै मेरा लागि च्यालेञ्ज थियो । चिया अगाडि राखेर अभिनय गर्नु र नराखि कल्पनामा अभिनय गर्नुमा धेरै फरक हुन्छ । यसैले मेरा लागि सिंगो चलचित्र नै चुनौती हुन्छ ।

तपाइको वरिपरी यूवती फ्यानहरुको आकर्षण देखिन्छ ? चलचित्र रिलिज नहुँदै यस्तो क्रेज किन ?
यो एउटा कलाकारलाई लागि सुखद कुरा हो । मलाई फ्यानहरुले राम्रो मान्छे भनेरै चिनुन् भन्ने लाग्छ । म आफू पनि भलो सोच्ने, अरुको पनि भलो होस् भन्ने मानिस हँु । कसैले हाई भन्दा हाई भन्ने मान्छे हुँ म ।

स्टार भनिएका कलाकारसँग अब तपाइको तुलना होला नि ? यसलाई कसरि हेर्नुहुन्छ ?
प्रतिस्पर्धाको कुरा हुँदा राम्रै कुरामा आओस् । म यो क्षेत्रमा कसैसँग प्रतिस्पर्धा गर्न आएको होइन । आफ्नो कामले मान्छेले चिनुन् भन्ने मान्छे हुँ म ।

नयाँ नायिकासँग काम गर्नुभयो, के तपाई नयाँ हिरोइन मात्र आफ्नो जोडी हुन् भन्ने चाहनुहुन्छ ?
यो मेरो सोच थिएन, निर्देशकको थियो । म पुराना कलाकारसँग पनि काम गर्न चाहन्छु नयाँसँग पनि काम गर्न चाहन्छु ।
aausman deshraj 2
तपाइलाई कुन नायिका मनपर्छ, कोसँग काम गर्न चाहनुहुन्छ ?
मलाई प्रियंका कार्कीसँग काम गर्न मन छ । उहाँलाई मैले पहिलेदेखि नै चिनेको हुँ । उहाँसँग म सहज हुनसक्छु । म नम्रता श्रेष्ठसँग पनि काम गर्न चाहन्छु । उहाँको अभिनय हेर्दा नै जीउमा सिरिङ्ग पार्ने खालको छ । तर, उहाँसँग म त्यती नजिक छैन ।

प्रियंका र तपाइविच कस्तो खालको भूमिका सुहाउला ?
दर्शकलाई चलचित्र हेर्दा आफू नै खेले जस्तो, आफू नै भए जस्तो फिल होस् के । मैले ‘कपुर एन्ड सन्स’ हेर्दा त्यो चलचित्रले मलाई रुवायो । ठ्याक्कै यहि चलचित्र भनेको होइन, तर कथावस्तु यस्तो होस् के । दिदीभाई, साथीभाई जस्तो भूमिका होस् । क्यारेक्टर त निर्वाहा गर्ने हो नी ।

तपाइसँग पर्दामा प्रियंका कार्की प्रेमिका बन्न सक्छिन् ?
सुरुदेखि नै मैले उसलाई कलेजमा मन पराएको कथा भयो भने त औडाहा नै लाग्ला । त्यो केटालाई पहिलेदेखि नै आफूभन्दा जेठी यूवती मनपर्ने कथा भयो भने राम्रो होला । हुनत, मलाई सुरुदेखि नै आफू भन्दा ठूला मान्छे मनपर्छ । म आफ्नो उमेरका साथीसँग त्यती नजिक छैन ।

नयाँ प्रोजेक्ट के छ, अफर आएको छ ?
मलाई काम गर्न धेरै मन छ । चलचित्रको कथावस्तु हेरेर गर्न मन छ । तपाई ममाथि कति लगानी गर्न सक्नुहुन्छ भन्ने हो । म आफूलाई पनि अगाडि बढ्न मन छ, यो क्षेत्रलाई पनि अगाडि बढाउन मन छ । अनमोललाई २० लाख दिदा मैले वधाई दिएँ । त्यो पैसा कम हो । मलाई डाहा छैन । मैले विश्वमा सर्वाधिक पारिश्रमिक पाउने को हो भनेर पनि हेरे ? त्यहाँ पुगोस् न हाम्रो चलचित्र क्षेत्र । वाहा भन्ने होस् न ?aausman deshraj 3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment