Comments Add Comment

भाइरल बन्यो एक अमेरिकी महिलाको खुट्टा खुम्च्याई

leg2अमेरिकाको न्युर्योर्कस्थित सबवेमा यात्रा गर्ने एक महिलाको तस्वीर अहिले अनलाइनमा खुबै भाइरल बनेको छ ।

महिलाको तस्वीर भाइरल हुनुको कारण थाहा पाउनुभयो भने तपाइँ हैरान हुनुहुनेछ । वास्तवमा जुन तस्वीर भाइरल बन्यो त्यो हैरान गराइदिने खालको छ । त्यसमा विशेष भनेको महिलाको खुट्टा खप्ट्याइएको विशेष पोज नै हो ।

यो तस्वीर न्युयोर्कको सबवेमा कुनै मानिसले खिचेको हो । जसमा एकठाउँमा बसेकी मिनिस्कर्ट लगाएकी महिलाले एक खुट्टामाथि अर्को खप्ट्याएकी मात्र होइन अनाठो गरी एकमा अर्को खुट्टा बेरेकी पनि छन् ।

legमहिलाको उक्त तस्वीरलाई पहिलोपटक सोसल साइट इम्गुरमा अपलोड गरियो । उक्त तस्वीरसँग लेखिएको थियोः के तपाइँ यसरी बस्न सक्नुहुन्छ ?

२९ मे मा अपलोड गरिएको यो तस्वीरु अहिलेसम्ममा लाखौँले हेरिसकेका छन् । इम्गुरमा मात्र होइन यो तस्वीर टि्वटरमा पनि भाइरल बन्यो अनि टि्वटेहरु यसैगरी सकी नसकी खुट्टा खप्ट्याएर बसेको आफ्नो तस्वीर टि्वटरमा अपलोड गर्न थाले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment