Comments Add Comment

रुवान्डामा विनोद चौधरीको पाँचतारे होटल, पहिलो ग्राहक अफ्रिकी मुलुकका राष्ट्र प्रमुख

The-zinc-Kigali-Hotel

८ असार, काठमाडौं । चौधरी समूहले अफ्रिकी मुलुक रुवान्डाको किगालीमा जुलाईदेखि लक्जरी होटल सञ्चालनमा ल्याउने भएको छ ।
रुवान्डामा हुन लागेको अफ्रिकी युनियन (एयु)को शिखर सम्मेलनको अवसर पारी होटल सञ्चालनमा ल्याउन लागिएको हो । किगाली शहरको मुटु सेन्ट्रल बिजनेश डिष्ट्रिकमा रहेको ‘द जिंक किगाली’ होटल रहेको छ ।

The-zinc-Kigali-Hotel-2जिंक किगालीका पहिलो ग्राहकहरु सम्मेलनमा भाग लिन आउने विभिन्न मुलुकका राष्ट्र प्रमुखहरु हुने सिजी होटल एन्ड रिसोर्टका निर्देशक राहुल चौधरीले बताए । जुलाई १० देखि १८ तारिखसम्म हुने सम्मेलनमा भाग लिन ५४ देशबाट ३५ सय डेलिगेट्सहरु रुवान्डा जाँदैछन् ।

जिंक किगाली पाँचतारे लक्जरी होटल हो । अग्लो बिल्डिङ भएको यस होटलमा १५३ रुमहरु रहेका छन् । होटलमा ९ वटा स्वीट र बाँकी सबै सुपर डिलक्स रुमहरु हुन् ।

होटलको छत (टप)मा आकर्षक स्वीमिङ पुल बनाइएको छ । स्वीमिङ पुलको छेउमा रुफ टप रेष्टुरेन्ट रहेको छ । होटलको छतबाट किगाली शहर हेर्दै स्वीमिङ गर्न र खाना खान सकिन्छ ।

होटलमा दुईवटा ठूला सभाहल बनाइएको छ । जहाँ ठूला कार्यक्रमहरु आयोजना गर्न सकिने बताइएको छ । अन्य साना हलहरु पनि होटलमा रहेका छन् ।

‘रुवान्डामा होटल खोल्नुको मुख्य उद्देश्य अफि्रकी मुलुकहरुमा आफ्नो उपस्थिती देखाउनु हो’ चौधरीले भने- ‘रुवान्डामा लक्जरी होटल खुलेपछि पूर्वी अफ्रिकामा हामीले होटल व्यवसायको नयाँ बेञ्चमार्क सेट गर्ने छौं ।’

पछिल्लो समय अफ्रिकी मुलुकहरु विश्वकै आकर्षक पर्यटकीय गन्तव्य बनिरहेको छन् । आन्तरिक द्धन्द्धबाट ग्रसित रुवान्डाले पछिल्ला वर्षहरुमा पर्यटन विकासमा उल्लेख्य प्रगती गरेको छ ।

The-zinc-Kigali-Hotel-3

चौधरी समूहले अफ्रिकामा होटल विस्तारलाई तिब्रता दिने भएको छ । छिट्टै अफ्रिकी मुलुकहरु युगाण्डाको राजधानी कम्पला, केन्याको राजधानी नाइरोवी र ताञ्जानियाको राजधानी दारेसलाममा पनि लक्जरी होटल सञ्चालनमा ल्याउने राहुल चौधरीले बताएका छन् ।

The-zink-Kigali-Hotelअहिले यो समूहले अहिले १२ देशका ५९ ठाउँमा ७९ वटा लक्जरी होटल सञ्चालनमा ल्याइसकेको छ ।

यो समूहले विश्वकै चर्चित बहुराष्ट्रिय होटल ब्रान्ड ताज प्यालेस, अलिला, जेट विङ, द र्फम लगायतसँग सहकार्य गरी विभिन्न मुलुकमा होटल सञ्चालन गरिरहेको छ ।

चौधरी समूहको आफ्नै होटल ब्रान्ड भने जिंक एन्ड र्फन हो । यो समूहले कुनै होटल आफ्नै ब्रान्डमा पनि सञ्चालन गरेको छ ।

नेपालको चितवनमा हालैमात्र साततारे स्तरको मेघौली सराई जंगल रिसोर्ट सञ्चालन ल्याएको छ । करिव ७० करोड रुपैयाँ लगानी गरिएको यस होलटमा ताज सफारीले व्यवस्थापन सम्हालेको छ ।

यो समूहले ललितपुरको कुपण्डोल हाइटमा सञ्चालित होटल समिटको स्वामित्व समेत खरिद गरेको छ । यो होटललाई नेपालकै लक्जरी बुटिक होटलमा स्तरोन्नती गरिँदै छ ।

ललितपुरकै झम्सिखेलमा चारतारे र चितवनको भरतपुरमा बिजनेश होटल खोल्ने अन्तिम तयारीमा यो समूह छ । दुबै ठाउँमा होटलका भवनहरू तयार भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment