Comments Add Comment

क्रिष्टियानो रोनाल्डोसँग किन गलत भइरहेको छ ?

ronaldo_body_rexapगोलबिहीनता, निराशा र रिस-फ्रान्समा जारी युरोकपमा पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको मुड फ्रान्सको मौसमजस्तै छ । चर्को घाम त्यसपछि कतिवेला पानी पर्छ थाहै नहुने ।

गत शनिबार अष्ट्रियाबिरुद्धको समूहको दोस्रो खेलमा रोनाल्डोले पोर्चुगलका लागि १२८ क्याप जित्दै लुइस फिगोको नाममा रहेको कीर्तिमान आफ्नो नाममा लेखाए । तर, महत्वपूर्ण खेलमा पेनाल्टी अवसर सदुपयोग गर्न नसकेका उनको त्यो उपलब्धि छायाँमा पर्‍यो ।

अष्ट्रिया बिरुद्धको खेलमा यी सुपरस्टारले १० प्रहार गरेका थिए, त्यसमध्ये ३ प्रहार ‘फ्रेम’ मै थियो । यस प्रतियोगितामा अहिलेसम्म उनले २० पटक गालेको प्रयास गरेका छन्, जुन पोर्चुगलसँगै समूह एफमा रहेको हंगेरीको समग्र टोलीले गरेको प्रयासभन्दा धेरै हो । हंगेरीले अहिलेसम्म १८ प्रहार गरेको छ भने आइसल्याण्डले १२ प्रहार गरेको छ ।

तर, पोर्चुगल अहिले समूहको तेस्रो स्थानमा छ र हंगेरीबिरुद्ध आज हुने समूहको अन्तिम खेलमा जित निकाल्न नसके प्रतियोगिताबाटै बाहिरिने खतरा उत्तिकै छ । आजको खेलमा पोर्चुगिज टोलीलाई उद्धार गर्न रोनाल्डोको भूमिका अहम हुनेछ ।

उनले खेल्ने शैली परिवर्तन गरेका हुन् ?

थुप्रै अवस्थामा रोनाल्डोले वोर्चुगिज टोलीलाई उद्धार गरेका छन् । आफ्नै प्रयासमा उनले खेल जिताएका उदाहरण प्रशस्तै छन् । सन् २०१३ मा विश्वकप छनौटको प्लेअफमा स्वीडेनबिरुद्ध गरेको अविस्मरणीय हृयाटि्रक त्यसैको उदाहरण हो ।

तर, अहिले उनको खेलस्तर त्यस्तो देखिँदैन । गत फेब्रुअरीदेखि ३१ बर्ष लागेका रोनाल्डोको रियल मडि्रडबाट गत सिजनको प्रदर्शन शक्तिशाली थियो । उनले ला लिगा र च्याम्पियन्स लिगमा यस सिजन ५१ गोल गरेका थिए ।

‘यहाँ थुप्रै मानिसले उनको आलोचना गरेका छन्’, पोरच्गिज मिडफिल्डर एडि्रयन सिल्भाले ल्योनमा आयोजिक पि्रम्याच पत्रकार सम्मेलनमा भने, ‘मलाई लाग्दैन कि उनी यस आलोचनाबाट चिन्तित् छन्, यसलाइ उनले शक्तिमा प्रयोग गर्नेछन् । पोर्चुगललाई राम्रो नतिजा दिलाउन उनले जे पनि गर्न सक्छन् ।’ उनले थपे, ‘हामीले उनको खेलमा सुधार आएको देखेका छौं र आजको खेलमा नतिजा हाम्रै पक्षमा आउनेछ ।’

‘बर्षौं देखिको योगदान र बढ्दो उमेरका अलावा उनको प्रदर्शनमा गिरावट आएको छैन । उनले आफैलाई एक उत्कृष्ट फिनिसरको रुपमा स्थापित गराएका हुन्’ पोर्चुगिज खेल पत्रकार भिटर हृयुगो अल्भारेङ्गाले भने, ‘तर उनी परम्परागत स्ट्राइकरको रुपमा खेल्न रुचाउँदैनन् ।’

रोनाल्डोले समूहको पहिलो खेलमा आइसल्याण्ड बिरुद्धको खेलपछि नै यस्तो संकेत गरेका थिए । उनले पोर्चुगिज पत्रकारहरुसँग भनेका थिए कि ‘म एक विंगरको रुपमा खेल्न मन पराउँछु ।’ उनले थपे, ‘तर यो मेरा टोलीका साथीहरुको बिशेषतामा निर्भर रहन्छ र कहिलेकाहीँ त्यस्तो हुन्छ पनि ।’

तर, पछिल्ला बर्षहरुमा रोनाल्डोले पोर्चुगिज टोलीको सबैभन्दा अग्रस्थानमा रहेर खेलिरहेका हुन्छन् र प्राय डिबक्स भित्रै रहन्छन् । बिशेष गरी सन् २०१४ को विश्वकपका क्रममा लागेको घुँडाको चोटबाट मुक्त भएपछि उनी यसरी खेल्न थालेका हुन् ।

दुई सिजन अघिदेखि रोनाल्डोले डिबक्स बाहिरबाट गर्ने गोलसङ्ख्यामा कमी आएको छ । पोर्चुगिज टोलीबाट पछिल्लो चारमध्ये तीन गोल उनले बक्स भित्रबाट गरेका छन् ।

उनले सन् २०१४/१५ र २०१५/१६ को सिजनमा डिबक्स बाहिरबाट ५/५ गोल गरेका थिए । जवकी यी दुई सिजनभन्दा कम खेल खेलेको २०१३/१४ को सिजनमा उनले बक्स बाहिरबाट ६ गोल गरेका थिए ।

सायद उनको खेलमा परिवर्तन आएको संकेत हुनुपर्छ, खेलका क्रममा रोनाल्डोले गर्ने डि्रबल -छलाउँदै बल कुदाउने) मा पनि कमी आएको छ । ला लिगाको पछिल्लो सिजनमा उनले ११० डि्रबल गरेका थिए, जुन उनी सन् २००९ मा बर्नबाउ आएपछिको सबैभन्दा कम हो ।

अर्कोतर्फ रोनाल्डोको हेडिङ गोल, यो उनको खेलको सबैभन्दा ठूलो पक्षमध्येको एक हो । उनले पछिल्लो दुई सिजनमा रियल मडि्रडबाट २५ हेडगोल गरेका छन् । तर यो पछि उनको पछिल्लो पाँच सिजनमा गरेको गोलहरुभन्दा कम सङख्या हो ।

करिअरमा यस्तो रुपान्तरणबारे उनी स्वयम् जानकार छन् । भलै उनी बाहिरी केन्द्रबाट फर्वार्ड पोजिसनमा खेल्न पूरै तयार छैनन् ।

रोनाल्डोले गत नोभेम्बरमा भनेका थिए कि ‘म अहिले धेरैजसो पेनाल्टी एरियामा बस्ने खेलाडी भएको छु ।’ जसले गर्दा डिफेण्रको ध्यान बिकेन्दि्रत गर्न सकिन्छ । उनी आफ्नो लक्ष्यमा स्थिर रहन्छन् । तर, उनलाई रोक्नका लागि र निराशा बढाउनका लागि आजको खेलमा हंगेरीले पनि त्यस्तै तरिका अपनाउनेछ जस्तो यसअघि आइसल्याण्ड र अष्ट्रियाले गरेका थिए ।

अर्कोतर्फ पि्र-क्वाटरफाइनलमा पोर्चुगलको भेट सम्भवतः इंग्ल्याण्डसँग हुनेछ । अहिले प्रश्न उब्जिसकेको छ कि त्यस खेलमा उनको प्रदर्शन कस्तो होला ? तर एक त नकआउट राउण्ड, अर्कोतर्फ इंग्ल्याण्डजस्तो अत्याधिक महत्वाकांक्षी टोलीबिरुद्धको प्रदर्शन उनकै पक्षमा आउन सक्छ । तर यस्तो पुरस्कारका लागि रोनाल्डोलाई धैर्यताको निक्कै जरुरी छ ।

‘यो आदर्श तरिका भएन जस्तो मैले गर्न चाहेको थिएँ’, अष्ट्रियाबिरुद्धको खेलमा लुइस फिगोको कीर्तिमान तोडेपछि उनले पत्रकारसँग भनेका थिए, ‘जसले पनि लक्ष्य प्राप्तिका लागि धेरै प्रयास गर्छ । खराव समय लामो समयसम्म चल्दैन ।’

पोर्चुगिज सिस्टम उनीसँग मेल खान्छ त ?

रोनाल्डोको खेलमा यस्तो परिवर्तन फर्नाण्डो सान्तोसको पोर्चुगलका लागि सामरिक बिकासमा प्रतिलक्षित गरिएको छ । गि्रसका पूर्व प्रशिक्षक सान्तोषले ४-४-२ को फर्म्याटमा खेलाउँछन् । जवकी उनले रियल मडि्रडबाट ४-३-३ को परम्परागत फर्म्याटमा खेल्छन् ।

‘यसले रोनाल्डोलाई अझै खुलेर खेल्न सहयोग गर्छ’ पोर्चुगिज पत्रकार अल्भारेङ्गाले भने ‘यस पोजिसनमा उनलाई मैदानको बायाँ क्षेत्रबाट रक्षात्मक बन्नपनि सहयोग गर्छ ।’

प्ोर्चुगलको सबैभन्दा ठूलो समस्या फर्वार्डमा हो । उ सँग पूर्ण फर्वार्ड कोहि छैनन् । पोर्चुगल विंगर उत्पादन गर्ने मुलुक हो फर्वार्ड होइन Û

तर, यहाँ रोनाल्डोमाथि निर्णायक अतिरिक्त दबाव पक्कै छ । ४-४-२ संरचना अनुसार सायद नानी र रिकार्डो क्वारेस्माले अगाडिबाट खेल्नेछन्, यद्यपि उनीहरुपनि स्ट्राइकर भने होइनन् । अघिल्ला दुई खेलको प्रदर्शनको आधारमा भन्ने हो भने नानी र रोनाल्डोको सन्तुलनता अन्यको तुलनामा मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment