Comments Add Comment

चार सामाजिक संस्थालाई यती एयरलाइन्सको १२ लाख सहयोग

अहिलेसम्म एक करोड ५३ लाख सहयोग प्रदान

८ असार, काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले चारवटा सामाजिक संस्थालाई आर्थिक सहयोग गरेको छ । यतीले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत चार संस्थालाई १२ लाख २४ हजार रुपैयाँ सहयोग गरेको हो ।

सहयोग पाउनेमा संस्थाहरुमा ह्याबिट्याट फर ह्युमानिटी, द युनाइटेड मिसन टु नेपाल (यूएमएन), ब्लिंकनाउ फाउन्डेसन र वल्र्ड Yeti-airभिजन इन्टरनेशनल रहेका छन् । प्रत्येक संस्थालाई तीन लाख ६ हजार २३ रुपैयाँको दरले रकम प्रदान गरेको यतीले जनाएको छ ।

यतीले विगतदेखि नै सामाजिक संस्थाहरुलाई सहयोग प्रदान गर्दै आएको छ । अहिलेसम्म यतीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एक करोड त्रीपन्न लाख नौ हजार नौ सय बीस रुपैयाँ सहयोग प्रदान गरिसकेको जनाएको छ ।

यतीले यो सहायता रकम प्रत्येक हवाई यात्रुको टिकटबाट ४ रुपैयाँका दरले छुट्टाएको हो ।

नेपालको सुदूरपश्चिमाञ्चल लगायतको क्षेत्रमा २०१० देखि २०१५ सम्ममा स्थानीय साझेदरहरुसँगको सहकार्यमा २ लाख ७२ हजार ६ सयभन्दा बढी बोट विरुवाहरु हरित योजनाअन्तर्गत रोपिसकेको छ ।

यती ग्रुप अफ कम्पनीजले भूकम्पबाट प्रभावितहरुका लागि आफ्नै पहलमा ४० लाख रुपैयाँ उपलब्ध गराइसकेको छ । साथै, भूकम्प प्रभावित क्षेत्रहरुमा राहतका सामग्रीहरु ढुवानी गर्न र भूकम्प पिडितहरुलाई आवश्यक पर्दा उद्धारमा सहयोग गर्न पनि सक्रिय रहँदै आएको छ ।

यतीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमलाईर् अझ प्रभावकारी ढँगले संचालन गर्न हालसालै मार्फा फाउन्डेसनसँग कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सहकार्यको हात अघि बढाएको छ ।

यसैगरी यतीमा उडान गर्ने यात्रुहरुमध्ये अपाङ्गता भएकाहरुलाई ५० प्रतिशत, ज्येष्ठ नागरिकलाई २५ प्रतिशत, बालबालिकालाई ­३३.३३ प्रतिशत र शिशुलाई ९० प्रतिशत छुट प्रदान गर्दै आएको छ ।

यो सामाजिक छुट जेटस्टि्रम-४१ ले उडान भर्ने क्षेत्रहरु भद्रपुर, तुम्लिङटार, विराटनगर, जनकपुर, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीका लागि काठमाडौंदेखि र काठमाडौंसम्ममा प्रदान गर्दै आएको यतीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment