Comments Add Comment

नेपालमा भाइबर प्रयोगकर्ता ४५ लाख पुगे, दुई वर्षमा २ सय प्रतिशतले वृद्धि

viber (6)

९ असार, काठमाडौं । विश्वको चर्चित म्यासेजिङ एप भाइवरको सूचिकृत प्रयोगकर्ताहरु नेपालमा ४५ लाख पुगेका छन् । विश्वभरी अहिले भाइवरका प्रयोगकर्ता ७ करोडभन्दा बढी रहेका छन् ।

पछिल्लो समय नेपालमा भाइवर प्रयोगकर्ता हृवात्तै बढेको भाइवरको दक्षिण एशिया प्रमुख अनुभव नायरले बताए । सन् २०१४ अगष्टमा सूचिकृत भाइवर प्रयोगकर्ता १० लाख ५० हजार थिए । दुई वर्षभन्दा कम समयमै प्रयोगकर्ता दुई सय प्रतिशतले बढेर ४५ लाख पुगेको उनको भनाई छ ।

भूकम्पको समयमा भाइवरले विश्वभरीका कुनै पनि मोबाइल तथा ल्यान्डलाइन फोनमा निःशुल्क फोन गर्ने सविधा दिएको थियो । त्यतिबेला धेरैले भाइवर प्रयोग गरेका थिए ।

viber (2)

भाइवरले नेपाललाई प्राथमिक बजारमा राखेर लगानी गर्न लागेको घोषणा गरेको छ । खासगरी स्थानिय भाषाको स्टिकर प्याकमा लगानी गर्ने नायरले बताए । नेपालमा टुबोर्गसँगको सहकार्यमा पहिलो स्थानीयकृत स्टिकर परियोजनाको सफलतापछि भाइवरले नेपाली भाषामा स्टिकर सुविधा दिएको छ ।

‘पछिल्लो केही वर्षयता भाइवरले नेपाललाई पनि आफ्नो बजार विस्तारको प्राथमिकतमा राख्दै आएको छ’ नायरले भने- ‘भाइवर निकट भविष्यमै नेपालमा वृहत डिजिटल सञ्चार एप्सको रुपमा स्थापित हुने छ ।’

स्टिकरले सन्देश र सूचना प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्छ । आपसी वार्तालाई अत्यन्त निजी बनाउन र मनको भावलाई राम्ररी व्यक्त गर्न पनि स्टिकरले सहजता प्रदान गर्छ । नेपाली नयाँ वर्ष २०७३ मा भाइवरले १० हजार नेपाली रुपैयाँ बराबरको स्टिकर प्याक निःशुल्क उपलब्ध गराएको थियो ।

viber-data

हालैमात्र भाइवरले पब्लिक च्याटको सुरुवात गरेको छ । पब्लिक च्याटमा प्रयोगकर्ताले सेलीब्रेटी, प्रेरक र ब्रान्डहरुलाई पछ्याउन सक्छन् । अहिले नयाँ शक्ती नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई माल्भिका सुब्बा, प्रियंका कार्की, ऋचा शर्मा, नग्मा श्रेष्ठ लगायतले पब्लिक च्याटमा आफ्नो उपस्थिती जनाइसकेको नायरले बताए ।

‘पब्लिक च्याटको सफलतापछि हामी हाम्रो ग्राहकमाझ नयाँ अफर ल्याउने निर्णय गरेका छौं, प्रयोगकर्तालाई आफ्नै भाषामा भावना व्यक्त गर्न सजिलो बनाउन नयाँ र विशेष प्याकहरु सुरु गर्ने निर्णय गरेका छौं’ नायरले भने- ‘भाइवरका लागि नेपाल प्राथमिक बजार भएकोले भविष्यमा थप लगानी गर्न र नयाँ अफरहरु ल्याउन तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment