Comments Add Comment

युरोकप लाइभ हेर्न फ्रान्स गए थप आठ बिजेता, सुरेशले दिए म्यान अफ दि म्याचको ट्रफी

काठमाण्डौ । काल्र्सवर्गको ‘लिभ इट लाइभ’ अभियानमा थप आठजना बिजेता जारी युरोकप फुटबल प्रत्यक्ष हेर्न फ्रान्स गएका छन् ।

यो साता फ्रान्स जान पाउने भाग्यमानी बिजेताहरुमा प्रेमकुमारी अधिकारी बस्नेत, बिनोद लामिछाने, सुदन थापामगर, रोशनप्रसाद गुप्ता, रामबहादुर थापाक्षेत्री, ऋषिराजा मानन्धर, बिन्जु श्रेष्ठ र सुरेश मानन्धर रहेका छन् ।

काल्र्सबर्ग बिजेताहरुले गएराती सम्पन्न आइल्याण्ड र अष्ट्रियको खेल मैदानमै बसेर प्रत्यक्ष हेर्ने अबसर पाएका छन् । यस्तो अबसर पाएकोमा बिजेता प्रेमकुमारी अधिकारीले भनिन्- यस्तो अबसर पाइएला भनेर त मैले जीवनमै सोचेकी थिइन्, काल्र्सवर्गलाई धेरै धेरै धन्यबाद ।’

गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारीले नेपाली फुटबल फ्यानलाई यस्तो भीआईपी आतिथ्यसहित प्रत्यक्ष खेल हेर्ने अबसर दिन पाएकोमा आफुलाई निकै प्रसन्नता मिलेको बताए ।

सुरेशले दिए म्यान अफ दि म्याच

यसैवीच गएराती सम्पन्न आइसल्याण्ड भर्सेस अष्ट्रियाको खेलमा म्यान अफ दि म्याच बनेका अष्ट्रियाका खेलाडी करि अर्नासनलाई नेपालका सुरेश मानन्धरले उपाधि प्रदान गरेका छन् ।

युरोकपलाई लक्षित गर्दै गोर्खा ब्रुअरीले गत मार्चमा दुई महिने अभियान ‘लिभ इट लाइभ’ सुरुवात गरेको थियो ।

Man-of-the-match-Award-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment