Comments Add Comment

यस्तो छ १३ वर्षकी किशोरीले गाएको गीत

KISHA

काठमाडौं । उमेरले १३ वर्ष भइन् किस्सा पाण्डे । तर, उनको काम कुनै परिपक्व युवतिको भन्दा कम छैन । ‘मेरो जीवनमा’ बोलको गीतमा स्वर दिएकी किस्सा यसकारण पनि चर्चामा छिन् उनको गीत उनकै उमेर समुहकाले मात्रै हैन आमहरुले मन पराउन थालेका छन् ।

उक्त गीतको भिडियोमा समेत किस्सा आफैंले अभिनय गरेकी छिन् । योगेन्द्रमणी दाहालको शब्द, शंकर थापाको संगीत रहेको उक्त गीतको भिडियो रेड फिल्सले बजारमा ल्याएको छ । भविष्यमा गायन र अभिनयमा जम्ने योजनामा रहेकी किस्सा भिडियो लोकप्रीय हुँदै गएकोमा उत्साहित छिन् ।

यसअघि सेल्फी हानौला र नबीन के भट्टराईको थाहै नपाईको भिडियो सार्वजनिक गरेको रेड फिल्मस किस्साको भिडियोप्रति पनि आशावादी छ । भिडियोमा बिदुर दाहाल र पवन केसीको निर्देशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment