Comments Add Comment

गर्मीमा अनुहार र कपालको स्याहारः रुबी राणाका टिप्स

rubi_rana१० असार, काठमाडौं । अहिले गर्मीको मौसम । त्यसमाथि पानी पर्ने सिजन । हरेक दिनजसो काठमाडौमा पानी परेकै हुन्छ । पानी नपरे गर्मीले गर्दा शरीर पसिनाले नै भिजिरहेको हुन्छ ।  यस्तो बेला महिलाहरुले आफ्नो मेकअप तथा गेट-अपमा विशेष ध्यान पुर्‍याउनु पर्ने हुन्छ ।

विशेषगरी गर्मीको मौसम पसिनाले गर्दा तपाईले जति मेकअप गरे पनि त्यसको खासै उपयोगिता हुदैन । त्यसैले यतिबेला तल उल्लेख गरिएका कुरामा मात्र विशेष ध्यान पुर्‍याउन सके तपाईको सौन्दर्यमा निखार आउछ ।

मेकअप:  यस मौसममा भएसम्म सन्सक्रिम तथा फाउन्डेसनको प्रयोग राम्रो मानिन्छ । त्यस्तै नचम्किने तथा नलत्पतिने खालको मेकअप गर्ने । यसले मेकअपलाई टिकाइराख्नुका साथै लत्पतिन दिदैन । त्यसैगरी चम्किलो देखिने आइस्याडोको प्रयोग गर्नाले अनुहार घाममा टल्कने गर्छ । जसले अनुहारलाई भद्दा देखाउछ । सकेसम्म लिपिस्टिक पनि नबग्ने खालको तथा गाढा कलरको प्रयोग नगरेकै राम्रो हुन्छ ।

आइस्याडो: यसबेला पानी पर्ने सिजन भएकोले ‘वाटरप्रुफ’ आइलाइनर तथा  मस्काराको प्रयोग उचित हुन्छ । आइलाइनरको प्रयोग गर्दा  भएसम्म पातलो लाइनर लगाउने । सकेसम्म गाजलको प्रयोग गर्ने । पसिना तथा पानीका कारण यतिबेला गाजल बग्ने तथा पुछिने डर हुन्छ ।

कपाल: त्यसैगरी गर्मीको मौसममा बाहिर हिँड्दा कपालमा पनि विशेष ध्यान पुर्‍याउनु पर्ने हुन्छ । गर्मीमा घाम-पानीका कारण कपाल अनुहारमा टासिने समस्या धेरै हुन्छ । त्यसैगरी पानीका कारण कपाल भिज्ने समस्या पनि उत्तिकै हुन्छ । त्यसबाट बच्न तथा कपालको राम्रो स्याहार गर्न यो मौसममा कपाललाई माथि लगेर बाँधेेकै राम्रो देखिन्छ ।

अहिले फेसनमा पनि माथि लगेर बन बनाउने तथा प्लेट राख्ने चलन छ । विशेषगरी लामो अनुहार भएकाहरुले टाउको तल्लो भागमा पोनी टेल बनाउदा राम्रो देखिन्छ ।

त्यसैगरी डल्ला अनुहार भएकाहरुले कपालको माथि बव बनाउदा राम्रो हुन्छ । यसर कपाल बनाउदा कसैलाई बीचमा सिउदो राखेको नसुहाउन सक्छ । त्यसबेला आफ्नो अनुहारको बनोट तथा कपाल अनुसार स्टाईल परिवर्तन गर्नु पर्ने हुन्छ  ।

यो बेला कपाल काट्ने सोच्नु बनाउनु भएको छ भने यति बेला त्यो सोच नबनाएकै राम्रो हुन्छ । गर्मीको मौसममा पसिनाका कारण घमौरा आउने गर्छ । कपाल छोटो हुदा त्यसले घाँटीमा घोच्ने, विझाउने गर्दछ । यसबाट बच्नको लागि पनि लामो कपाल छ भने तलबाट बाट्दै लगेर माथि पिन लगाउनु उपयुक्त हुन्छ । ढाड सम्म कपाल भए माथि लगेर क्लिप लगाउदा वा अन्य स्टाइल गर्दा उचित हुन्छ ।  त्यसबाहेक यति बेला कपालको हेरचाहको लागि स्कार्फ प्रयोग गर्न पनि सकिन्छ ।

डाई सेट नगर्नेः यतिबेला कपाललाई ड्राइ सेट गर्नु भन्दा टाइट गरेर रोलरले सेट गरेकै राम्रो हुन्छ । यसले कपाललाई हावा, पानी तथा पसिनाका बाबजुद अड्याएर राख्न मद्दत मिल्छ ।

(पूर्व मिस नेपाल तथा व्यूटिसियन रुबी राणासितको कुराकानीमा आधारित । राणाले कुपण्डोलमा सिन्ड्रेला व्युटी पार्लर चलाउछिन् । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment