Comments Add Comment

मन्दिरका भगवान नै बिरामी भएपछि…

lord-jagannathमानिस बिरामी हुँदा औषधोपचार गर्छ र उपचार गर्दा पनि निको नभएपछि भगवान पुकार्न थाल्छ । भगवानले रोग निको पारिदिन्छन् भन्ने आशाले मान्छे अध्यात्मतिर लागेको त देखिएकै हो ।

तर यदि मानिसको रोग हरण गरिदिने विश्वासमा पुजिने भगवान नै बिरामी परे भने के होला ? सायद आफु त महादेव उत्तानो पर, कसले दला वर ? भन्ने उखान चरितार्थ होला ।

वास्तवमा भगवान विरामी हुने भन्ने कुरा कल्पना गर्नु पनि व्यर्थजस्तो लाग्न सक्छ । तर भारतको राजस्थानमा भने एउटा मन्दिरका भगवान विरामी परेका छन् ।

राजस्थानको उदयपुरमा हेको जगन्नाथ धाम मन्दिर श्रद्धालुका लागि बन्द गरिएको छ । दर्शनका लागि आएका तिर्थालुहरु दर्शन गर्नै नपाई फर्किनुपरेको छ । किनकी उक्त धामका देवता विरामी परेका छन् । आफै विरामी परेपछि विचरा भगवानले आफुकहाँ शरण पर्न आउने दुखीजनहरुको उद्धार कसरी गरुन् ?

मन्दिरका पुजारी भन्छन्ः भगवान विरामी हुनुहुन्छ र औषधि खाइरहनुभएको छ । भगवानले पन्ध्र दिनसम्म आराम गर्नुहुनेछ ।

भगवान बिरामी विदामा बस्ने यो चलन हरेक वर्ष दोहोरिने परम्परागत चलन हो । उक्त मन्दिरमा भगवान मानवस्वरुपमा रहेको विश्वास गरिन्छ । त्यसैले देउतामा पनि मानिसमा जस्तै प्राकृतिक नियम लगाइन्छ ।

परम्परा अनुसार गत आइतबारको जेठ पूणिर्माका अवसरमा भगवान जगन्नाथलाई ३५ स्वर्णघाटमा महास्नान गराइएको छ । त्यसपछि भगवानलाई सुनको सिंहासनमा बसाएर आँपको जुस खुवाइएको थियो ।

महास्नान र आँपको रसको सेवनले भगवान विरामी पर्ने विश्वास गरिन्छ । विरामी परेसँगै भगवानलाई भोक नलाग्ने भएकाले १५ दिनसम्म हर्वल औषधि दिएर उपचार गरिन्छ ।

अब आषाढ शुल्क एकादेशी वा आउँदो जुलाई ५ मा मात्र बन्दिर भक्तजनका लागि खुल्नेछ । उक्त दिन भगवान जगन्नाथलाई उनका भाइ बहिनी शुभद्रा र जगन्नाथसँगै रथयात्रा गराइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment