Comments Add Comment

शिल्पा चापी भएपछि खोल्ने हक कसलाई लाग्यो ?

shilpa pokheral
नायिका शिल्पा पोख्रेल अभिनित चलचित्र ‘वृन्दावन’को पहिलो गीत सार्वजनिक भएको छ । ‘ताला चापी’ बोलको गीतमा कृष्ण काफ्ले र जुना प्रसाँइको स्वर छ ।

लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । यो चलचित्रमा दर्शकले लामो समयपछि बाँदरलाई पनि देख्न सक्नेछन् । गीतलाई कमर्सियल शैलीमा कोरियोग्राफी गरिएको छ ।

भदौ १७ गतेबाट रिलिज हुने यो चलचित्रमा शिल्पा पोख्रेल मुख्य भूमिकामा छिन् । रुद्र खनालको निर्माण रहेको यो चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । रामजी लामिछानेले यो गीतको कोरियोग्राफी गरेका छन् । कमल जीसी यो चलचित्रका सह-निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment