Comments Add Comment

सेप्टेम्बरमा मिनी आईपीएल खेलाउने बीसीसीआईको निर्णय

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आगामी सेप्टेम्बरमा मिनी आईपीएल आयोजना गर्ने घोषणा गरेको छ ।

IPL-2016बीसीसीआईका प्रमुख अनुराग ठाकुरले यसको मिति र फम्र्याट भने केही पछि घोषणा गरिने बताए । बीसीसीआई सेप्टेम्बरमा मिनी आइपीएल वा आईपीएल ओभरसिज आयोजना गर्न तयार छ, उनले भनेका छन् ।

झण्डै दुई साता चल्ने मिनी आईपीएलमा होम एण्ड अवे आधारमा खेलाइने छैन । साथै आयोजना स्थल पनि तय भएको छैन । अमेरिका र यूएईले इच्छा देखाएको छ ।

बीसीसीआई प्रमुख ठाकुरका अनुसार मिनी आईपीएल आयोजनाका लागि धेरै देशले इच्छा देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment