Comments Add Comment

को हुन् नाइजेल फाराज ? जसले बेलायतलाई ईयूबाट अलग गरे

nigel-farage

विमान दुर्घटनामा मुस्किलले बचेका नाइजेल फाराज युके इन्डिपेन्डेन्स पार्टी (यूपीप) का नेता हुन् ।

मे २०१० मा चुनाव प्रचारका क्रममा उनको सानो विमान एक खेलमा खस्यो । उनी घाइते पनि भए तर, बाँचे ।

दुर्घटनाको छानविनका क्रममा पत्ता लाग्यो कि विमानमा यूकिपको ब्यानर टाँगिएको थियो, जुन प्लेनको पंखामा बेरिएका कारण दुर्घटना भएको रहेछ ।

छ वर्षपछि त्यही यूकिपको ब्यानर फहराइएको छ र नाइजल फाराज गर्वका साथ उभिएका छन् ।

britain

उनी १९९२ सम्म कन्जरभेटिभ पार्टीका सदस्य थिए । तर, पार्टीमा मतभेद भएपछि उनले बेलायतलाई युरोपीय नियन्त्रणबाट मुक्त गराउन अभियान सुरु गरे । उनी पछिल्लो ६ वर्षदेखि युके इन्डिपेन्डेन्स पार्टी (यूपीप) को अध्यक्ष छन् ।

लण्डनको एक नामी स्कुलमा पढेका उनी राजनीतिमा आउनु अघि कमोडिटी एक्सचेन्जमा ब्रोकर थिए ।

१९९९ मा पहिलो पटक युरोपीय संसदको सदस्य बने । त्यसपछि उनले लगातार साउथ इंग्ल्याण्डबाट यो चुनाव जित्दै आएका छन् । ठीक विपरित बेलायती संसाद बन्न पाँच पटक चुनाव लडे तर, हरेक पटक हार मात्र भएको छ ।

रोचक त के छ भने उनी १७ वर्षदेखि त्यही सदनको सदस्य छन्, जसको उनी लगातार विरोध गर्दै आएका छन् ।

उनी विवादास्पद बयान र आप्रवासीहरुविरुद्ध कडा अभिव्यक्ति दिएका कारण चिनिन्छन् र बेलायती राजनीतिमा अति दक्षिणपन्थी नेताका रुपमा लिइन्छ ।

उनी त्यसबेला पनि चर्चामा आएका थिए, जतिबेला प्रिन्स चार्ल्स युरोपीय संसदमा जयवायु परिर्वतनबारे बोल्न गएका थिए । भाषणपछि सबै सांसदले उठेर अभिवादन गरे र एक व्यक्ति मात्र बसिरहे, उनी थिए नाइजल ।

किन यस्तो गरेको भन्ने प्रश्नमा उनले भनेका थिए कि पि्रन्स चाल्र्सका सल्लाहकार मूर्ख छन् । युरोपीय संसदलाई बलियो बनाउने सल्लाह उनलाई कसले दिए श्र उनीहरु बेलायतलाई कमजोर बनाउन चाहन्छन् के ?

उनले जनमत संग्रह गराउन बेलायती प्रधानमन्त्री डेविड क्यामरनलाई लगातार दबाव दिइरहे । युरोपीय नियम, कानुन र नीति मानेकोमा उनले बेलायत सरकारको आलोचना गरे ।

britain-and-eu

नब २०१५ मा क्यामरनले पूर्ण बहमतले चुनाव जितेर आए, उनलाई लाग्यो कि आफू जनतामा लोकप्रिय छु । यदि जनमत संग्रह गराउने हो भने जितिन्छ र अति दक्षिणपन्थी नेता पत्ता साफ हुनेछन्

तर, क्यामरनले रीमेन इन ईयूको पक्षमा खुलेर प्रचार गर्दा पनि नाइजलको लिभ ईयू अभियान इंल्ग्याण्ड र वेल्समा सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment