Comments Add Comment

यो हो भुतले गीत गाउने मरुभूमि

dancingपृथ्वीमा यस्ता कैयन् विचित्र ठाउँहरु छन् जसको रहस्य अहिलेसम्म पनि खुलेको छैन ।

मोरक्कोको मरुभूमिमा समेत एउटा यस्तै रहस्यमय ठाउँ छ । यो मरुभूमि यस कारण चर्चित छ की त्यहाँ निरन्तर संगीतको आवाज सुनिन्छ । त्यस्तो आवाज कहाँबाट आएको होला भन्ने एकिन नभएपनि भुतप्रेतले संगीत सिर्जना गरेको विश्वास धेरेको छ ।

उक्त मरुभूमिमा गितार, ड्रम, भायोलिन लगायतका वाद्ययन्त्रबाट आउने आवाज सुनिन्छ । मानिसहरुले यस्ता सांगितिक आवाज भुतले निकाल्ने भनेर विश्वास गर्ने गरेका भएपनि वैज्ञानिकहरुले भने ती आवाजहरुको श्रोत पत्ता लगाएका छन् ।

वैज्ञानिकहरुका अनुसार मरुभूमिमा बन्ने बालुवाका ढिस्काहरु जब भत्किन्छन् तब उत्पन्न हुने कम्पनबाट यस्तो आवाज आउँदछ । मरुभूमिमा संगीत जस्तो आवाज आउनुमा बालुवाका कणको आकारले पनि प्रभाव पार्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment