Comments Add Comment

बाढीले केआइसिंह राजमार्ग अवरुद्ध

road-1११ असार, डोटी । डोटीको लाटामाडौँ गाविस तिलतालिमा आज बिहान ६ बजे आएको बाढीले केआइसिंह राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

आज बिहान ४ बजेदेखि भएको वर्षात्ले बाढीको रुप लिँदा केआइसिंह राजमार्गको बीचमा चिरेर सडकनै अवरुद्ध भएको छ ।

करिब धनगढीदेखि दीपायलका लागि गुडेका रात्रिबस र दीपायलबाट धनगढीतर्फ गुडेका दिवासेवाका सवारीसाधन तीन घन्टादेखि बाटो अवरुद्ध हुँदा तिलतालिमा नै रोकिएका छन् ।

करिब बिहान ८ः३० बजेदेखि टिपर, ड्रोजरले भत्केको सडकलाई पुर्ने काम गरिरहेको छ । अवरुद्ध सडक खुल्न अझै चार घन्टा लाग्ने प्रहरी चौकी तिलतालिकाका प्रहरी सहायक निरीक्षक कर्णबहादुर घर्तीले बताए ।

सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् भने नजिकै नास्ताका पसल नहुँदा यात्रु मर्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment