Comments Add Comment

नेपाल अमेरिका पत्रकार संघको भेटघाट कार्यक्रम सम्पन्न

usa_journalist (1)वाशिंगटन डिसी । अमेरिकाको भ्रमणमा रहेका  मधुपर्कका पूर्व सम्पादक कपिल घिमिरे तथा स्वतन्त्र संचारकर्मी केदार शर्माले एक भेटघाट कार्यक्रममा अमेरीकामा रहेका पत्रकारहरुलाई केहि मूल मन्त्र  ,पृष्ठ पोषण ,सल्लाह र सुझाब दिएका छन् l
 
नेपाल अमेरिका पत्रकार संघको आयोजनामा भएको भेटघाट कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघका उपसभापति गुणराज लुइँटेल ,संस्थापक अध्यक्ष गिरिश पोखरेल ,डिसीका क्षेत्रीय संयोजक बिष्णु शितल तथा डिसी महानगर क्षेत्रमा बसोबास गर्ने संचारकर्मी तथा नेपाली समुदायको बिशेष उपस्थितिमा द्वय संचारकर्मीले अमेरिकामा देखेका अनुभूति गरेका कुराहरु राखेका थिए l 
 
स्वतन्त्र संचारकर्मी केदार शर्माले भ्रमण बाट फर्के पछि कहिले लेख्ने गरेको बताए ।  उनले मन्तब्य दिने क्रममा अमेरिकामा नेपालीहरुका छोराछोरी राम्रो पढ्ने देखेको र उनीहरुको भबिस्य राम्रो देखेको बताए । उनले अमेरिकाबाट लेखिएका लेखनमा त्यति शक्ति र त्यसमा त्यति दम आफूले नदेखेको बताए l
 
शर्माले आफूलाई जे कुराले चिमोट्छ त्यो लेख्नु पर्छ भन्दै संचार कर्मीलाई सुझाब दिदै पत्रकरितामा निस्पक्ष हुनै पर्छ भने l लेखनले मात्र जीवनवृति नेपालमा केहिको मात्रको सफल हुन् सकेको बताएका थिए l पत्रकारिता चलाउन बिज्ञापन प्राप्त भएन भने ठुलो आर्थिक भार हुने बताए l
 
शर्माले विदेशमा बसेका संचारकर्मीलाई केहि मूल मन्त्र दिने क्रममा लेखन कलामा लाग्नेले लेखनलाई तिखार्नु पर्ने बताए l उनले अगाडी भने लेखनमा साधना गर्नु पर्ने हुन्छ र त्यसमा चुक्नु हुदैन भने l
 
usa_journalist (2)यसै गरि मधुपर्कका पूर्व सम्पादक कपिल घिमिरेले मन्तब्य व्यक्त गर्दै गोरखापत्रमा ११ बर्ष काम गरेको बताएका थिए l घिमिरेले केहि समय गोरखापत्रमा महाप्रबन्धक भएर पनि काम गरेको अनुभव बताउदै अमेरिकामा नेपाली पत्रकारहरुले चलाएको पत्रिकाको आकृति र आवरणको प्रशंसा गरे l उनले अगाडी आफ्नो कुराहरु राख्दै भने ,तर त्यसका सामग्रीहरु तथा लेखन शैलीमा त्यति सन्तोषजनक आफुलाई नलागेको बताए l
 
घिमिरेले अमेरिकामा यति गर्नु भनेको पनि ठुलो कुरा भन्दै अमेरिकाका संचारकर्मीलाई धन्यबाद दिएका थिए l उनले अगाडी केहि कुराहरु राख्दै अमेरिकामा बसेका नेपालीले नेपालका नेता तथा अन्यलाई गालि गरेको आफुलाई राम्रो नलाग्ने बताए l अमेरिकामा बसेर  गालि गर्ने अतिबादी सोच राख्नु नहुने बताए l
 
उक्त कार्यक्रममा डिसीका क्षेत्रीय संयोजक बिष्णु शितलले कार्यक्रमको उदेश्य बारेमा प्रकाश परेका थिए l कार्यक्रमको सुरुवात परिचयबाट सुरु हुदै सहभागीहरुले आफ्नो परिचय दिदै आफ्ना विचार राखेका थिए l 
 
यस्तै आफ्नै परिचय तथा पत्रकारिताको बारेमा जानकारी दिने क्रममा साहित्यकार कृष्ण धरावासीले अमेरिका आएको ३ महिना भएको जानकारी गराउदै आफ्नो दोश्रो उपन्यास दलाल मार्फत कसरि अमेरिका आउछन भन्ने बिषयमा उपन्यास लेखि रहेको बताएका थिए l
 
साहित्यकार तथा पुर्व पत्रकार कृष्ण धरावासी ले २०४० देखि पत्रकारमा होमिएको जानकारी दिदै आफु स्तम्भकार भै लेख्ने गरेको बताएका थिए l पत्रकारिताको सन्दर्भ सुनाउदै आफु घटना र विचारको कार्यक्रममा संलग्न भएर कसरि पैसा कमाएको बारेमा चर्चा गरेका थिए l 
 
नेपाल अमेरिका पत्रकार संघका उपसभापति गुणराज लुइँटेलले आफ्नो परिचय दिदै पत्रकारिता पेशाका अनुभव तथा नेजाले गरेका केहि उपलब्धिहरु र भावी कार्यक्रम बारेमा प्रकाश पारेका थिए l
 
नेपाल अमेरिका पत्रकार संघ(नेजा )ले स्थापना कला देखि नै नेपाल लगायत अन्य मुलुकबाट आएका पत्रकारहरुसंग भेटघाट कार्यक्रम गर्दै आएको छ l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment