Comments Add Comment

‘मेरी बास्सै’मा हामफाल्दा लागेको चोटले अस्पताल पुर्‍यायो दाह्री बालाई

surbir-1काठमाडौं । कलाकार सुरबीर पण्डित ‘दाह्री बा’ को घुँडाको अप्रेशन गरिएको छ । केएमसी अस्पताल सिनामंगलमा घुँडाको अप्रेशन गरिएको कलाकार पण्डितले बताए ।

‘अहिले धेरै सजिलो अनुभव गरेको छु । अब डेढ महिना आराम गर्नुपर्ने भएको छ’ अनलाइनखबरसँग कुरा गर्दै पण्डितले भने । अब उनले केहि दिन बैशाखी टेकेर हिंड्नुपर्ने छ भने सामान्य एक्सरसाईज पनि गर्नुपर्ने भएको छ । ‘डक्टरसाबहरुले सिकाईदिनु भयो । एक्सरसाइज घरमै गर्छु’ उनले भने ।

नौ वर्ष अगाडि हाँस्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’ मा पिँढीवाट हाम फालेर बान्द्रेलाई खेद्ने दृष्यको सुटिङ गर्दा उनको घुँडामा असर परेको थियो ।

तत्काल सिनामंगलमै रहेको पाथिभरा आयुर्बेद केन्द्रमा उपचार गराएका पण्डितलाई केही समय सञ्चो भएको थियो । तर, समस्या फेरि बल्झिएपछि अस्पताल गएको बताए । ‘केही समय त ठिक भएको थियो तर,पछि असाध्यै दुख्न थाल्यो अनि अस्पताल गएँ’ उनको भनाई थियो ।

अस्पतालमा चेकजाँच गरेपछि लिगामेन्ट गएको, घुँडामा हुने चार मध्ये २ नशा चुँडेको र पानी जमेको पत्ता लागेको थियो ।

अब उनी डेढ महिना कुनै पनि चलचित्र एवं टेलिचलचित्रको सुटिङमा सहभागी नहुने भएका छन् । विभिन्न टेलिचलचित्र, फिचर फिल्म र म्युजिक भिडियोमा समेत सक्रिय पण्डितले पछिल्लो समय ‘मेरी बास्सै’ मा दार्‍ही बाको भूमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment