Comments Add Comment

‘कालोपोथी हिरो’लाई निर्देशकले उच्चशिक्षा दिने

kalo pothiकाठमाडौं । चलचित्र ‘कालो पोथी’ मा मुख्य भूमिका निर्वाह गरेर चर्चामा आएका खड्कराज नेपाली र शुक्रराज रोकायालाई निर्देशक मिन भामले उच्च शिक्षाको अवसर मिलाईदिने भएका छन् ।

यी कलाकारलाई पढाउन अहिले बोडिङ स्कुलको खोजीमा रहेका निर्देशक भाम उच्चशिक्षाको समेत ब्यबस्था गरिदिने मनस्थतीमा छन् । मुगुमा जन्मेका यी वालकले गरेको अभिनयले काठमाडौंवासीलाई वाह भन्न वाध्य पारेको थियो ।

ब्यबसायिक भनिएका वालकलाकारको तुलनामा अब्बल अभिनय गरेका खड्कराज र शुक्रराज सम्भावना बोकेका कलाकारको रुपमा चिनिन्छन् । अहिले चौथो सातामा प्रदर्शन भईरहेको ‘कालोपोथी’ राम्रो ब्यापार गर्ने चलचित्रको रुपमा चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment