Comments Add Comment

कविताः रणसंग्राम

anmol-kandel
अनमोल कडेँल

पाञ्चजन्य बजेपछी ,
एक छिन पनि पर्खनेछैन मेरो घोडाले ,
म त्यसरी नै रथमा सवार हुनेछु ।

मेरो गतिलाई ,
हावाले बेजोड लछार्न खोज्ने छ मेरो साहसलाई ,
वैरीले उत्पात पछार्न खोज्ने छ ,
तर बिजयको ध्वजा फर्फरीरहनेछ मेरो रथमा ,
र निरन्तर अघि बढ्दै हुनेछु म ,
म त्यसरिनै मैदानमा युद्दरत हुनेछु ।

म सगँ जे गुण छ ,
त्यो मेरो हतियार तलवार हुनेछ ,
म सगँ जे छ ज्ञान त्यो मेरो रक्षक ढाल बन्नेछ ,
अजेय शत्रु आएर छेड्नेछ्न संग्राम ,
कि मेरो जीत कि अकाल हुनेछ ,
तर बिल्कुलै भयभित हुनेछैन म ,
म त्यसरी नै काला भैरव जसरी भिड्नेछु ।

दुर्बल विचारहरु चिरिएर लास पर्नेछ्न् ,
अति काथँर विचारहरु डराएर झर्नेछ्न् ,
केही विचारहरुले हमला गर्नेछ्न् ,
तर म सगँ आफ्नै हुङ्कार हुनेछ ,
बरु एक दुई धारले काटुन मेरो देह ,
मेरो रथ र तलवार चालु हुनेछ ,
म यसरी नै रणभूमीमा लडिरहनेछु ।

यदि अन्तिम सम्म उभिँए भने म ,
त्यो महासंग्राममा ,
जुन बिन्दुमा पुगेर रोकिन्छ मेरो रथ ,
ठिक त्यहीँनेर नै एक इन्च नसारी बनाउनेछु म ,
असत्यको एउटा अग्लो चिहान् ,
र चिहान माथी चढेर कुर्लनेछु ,
बौलाहा झै एकपटक भयंकर गर्जना ।

त्यसपछि ,
सत्यको लागि लडेर एउटा युद्द ,
कतै दुर दुनियामा सदाको लागि हराउनेछ त्यो योद्दा ,
निशाना स्वरुप बाकिँ रहनेछ त्याहाँ ,
बस् ! असत्यको एउटा अग्लो चिहान
र सत्यको एउटा धारिलो तलवार ।

तहाँ उप्रान्त त्यो संग्राम ,
ईतिहास मै ,
यति दर्दनाक मानीने छ कि ,
युगौँयुग सम्म पनि ,
चिहान लाई स्मरण गर्दा मात्रै ,
त्रसित भएर काम्ने छ्न् मानिसहरु ,
तर श्रद्दाले सदा शिर झुकाउनेछ्न् सनातन सत्यको त्यो तलवारलाई ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment