Comments Add Comment

लगातारको वर्षाले सप्तरीका विभिन्न गाउँ जलमग्न

badhi-flood-3
११ असार, सप्तरी । लगातारको भारी बर्षाका कारण सप्तरीको विभिन्न ठाउँ डुबानमा परेको छ । सर्वसाधारणको घरदेखि कतिपय सरकारी कार्यालय समेत डुबानमा परेको हो ।

सदरमुकाम राजविराजसहित विभिन्न ठाउँमा खोलाहरुमा आएको बाढीले गाउँघर डुबानमा परेको छ । महुली खोलाको बाँध भत्केर आएको बाढीले जिल्लाको भारदह र पोर्ताहा गाविसका तीन दर्जनभन्दा बढी घर डुबानमा परेको छ ।

बाढीको पानी घरभित्रै पस्दा भारदह वडा नम्बर ७ तथा पोर्ताहा ६, ७ र ८ नम्बर वडाका बासिन्दाहरु डुबानमा परेका छन् ।
बाढीका कारण दुई बिघाभन्दा बढी खेतीयोग्य जग्गा डुबानमा परेको छ भने २० बिघाभन्दा बढी केरा खेती नष्ट भएको कृषकहरुले बताएका छन् ।

लगातारको बर्षाले खाँडो नदीको बाँध भत्काएर आएको बाढी सकरपुरा गाविसमा पस्दा सयभन्दा बढी घरहरु डुबानमा परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सकरपुरा गाविसको वडा नम्बर ६ र ७ मा बाढी पस्दा २ फिटसम्म सर्वसाधारणको घरमा पानी पसेको छ ।

badhi-flood-2बाढीले ४ बिघा जग्गा कटान गरेको छ भने तिलाठी हनुमाननगर जाने दुई किलोमिटर बाटो कटान गरेको छ । बाढीलाई रोक्नका लागि बाँध निर्माण गर्न नेपाल तथा सशस्त्र प्रहरी खटिसकिएको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

भिषण वषर्ाले सिरहा सप्तरीको सिमानामा रहेको बलान नदीमा आएको बाढीका कारण सप्तरीको मौवाहा गबिस बडा नंम्बर ८ र ९ दुधैला टोलको दर्जनौ घर डुबानमा परेको छ । सयो बिगाहा जमिन बगरमा परिणत भएको छ ।

जिल्लाको मल्हनियाँ, मौवाहा र बेल्ही गाविस बाढीको उच्च जोखिममा रहेको छ । यहाँका स्थानियवासी स्थानीय स्कुलमा छन् ।

badhi-flood-1अत्यधिक वर्षा भएपछि सप्तकोसी नगरपालिकास्थित प्रहरी चौकी फत्तेपुर डुबानमा परेको छ । चौकी प्राङ्गणभित्र पानी पसेपछि प्रहरीलाई नै आवतजावत गर्न समस्या भएको छ । जिर्ण भवनभित्र पानी पसेपछि प्रहरी स्वयं त्रसित बनेका छन् ।

यो प्रहरी चौकीलाइ सुरक्षित स्थानमा सार्न केही वर्ष अगाडिदेखि चौकी भवन निर्माण कार्य सुरु गरिएपनि आर्थिक अभावमा निर्माण हुन नसकेको स्थानीय संचारकर्मी खगेन्द्र कार्कीले जानकारी दिए ।

वषर्ाका कारण सदरमुकाम राजविराज नगरपालिका ९ का बासिन्दाको घरमा पानी पसेपछि उनीहरु घरभित्रै थुनिएका छन् । अत्यधिक वषर्ापछि राजविराज ९ तेतरीगाछी चोकदेखि दक्षिणतर्फको बस्तीका प्रत्येक घरभित्र पानी पसेपछि स्थानीयहरुको जनजीवन कष्टकर बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment