Comments Add Comment

एक सातामा ७ अर्ब बढी सेयरको कारोबार

share-ipo
११ असार, काठमाडौं। सेयर बजारमा यससाता नेप्से परिसूचक ४४ अङ्कले बढेर एक हजार ६६६.९९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार साताभर १४७ कम्पनीको सात अर्ब ८२ करोड रूपैयाँ बराबरको एक करोड १० लाख कित्ता सेयर खरिद बिक्री भएका छन् ।

नेप्से परिसूचक बढेको देखिए पनि कारोबार भने अघिल्लो साताको तुलनामा १५.७६ प्रतिशत कम रहेको छ । गतसाता १४९ कम्पनीको नौ अर्ब ३० करोड बराबरको एक करोड ५२ लाख कित्ता सेयर खरिद बिक्री भएका थिए ।

समूहगत रुपमा यस साता बिमा समूहको सबैभन्दा बढी कारोबार भएको छ । बिमा समूहमा लगानीकर्ता ओइरिएपछि कारोबार बढी भएको स्टकले जनाएको छ ।

बिमा समूहमा ३१९ अङ्कले बढेको छ भने जलविद्युत् समूह १८६ अङ्कले अगाडि रहेको छ । वाणिज्य बैंक समूह ४२, विकास बैंक समूह २०, फाइनान्स समूह ३, होटल ३२ र उत्पादनमूलक समूहले भने ३४ अङ्कले अग्रता लिएको थियो ।

यस्तै समूह ‘क’ को मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा नौ प्रतिशतले बढेर साताको अन्तिम दिन ३५९.३९ अङ्कमा पुगेको थियो ।

सो अवधिमा कारोबार रकमको आधारमा ४३ करोड ९४ लाख रूपैयाँ बराबरको कारोबार गरेर लुम्बिनी जनरल इन्स्योरेन्स अगाडि रहेको थियो ।

यस्तै ३९ करोड रूपैयाँ बराबरको कारोबार गर्दै नेसनल लाइफ इन्स्योरेन्स दोस्रो,  ३२ करोड रूपैयाँ कारोबार गरेर शिखर इन्स्योरेन्स तेस्रो, २८ करोड रूपैयाँ गरेर सानिमा माई हाइड्रो चौथो र २३ करोड रूपैयाँ कारोबार गर्ने नेको इन्स्योरेन्स पाँचौ स्थान रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment