Comments Add Comment

मधेसी मोर्चाको नयाँ मागः वार्तामा कांग्रेसको सहभागिता अनिवार्य

laxman lal karna

११ असार, काठमाडौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूसँगको वार्तामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सहभागिता अनिवार्य हुने बताएको छ ।

सरकारले वार्तामा बोलाएपनि मधेसी मोर्चा सातबुँदे सर्त राखेको छ । जसका कारण वार्ता प्रक्रिया अन्यौलमै छ । अब मधेसी मोर्चाले वार्तामा कांग्रेसको सहभागिता खोजेको छ ।

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मधेसी मोर्चाले राखेको माग राजनीतिक प्रकृतिको भएकाले वार्तालाई निष्कर्षमा पुर्‍याउनका लागि सरकारले प्रमुख प्रतिपक्षी कांग्रेसलाई अनिवार्यरुपमा वार्तामा सहभागी गराउनुपर्ने बताए ।

रिपोर्टस क्लबले शनिबार काठमाडौंमा गरेको साक्षात्कारमा नेता कर्णले सरकारले असार महिनाभित्र वार्तामार्फत सहमतिको प्रयास नगरे मोर्चाले संघीय गठबन्धनसँग मिलेर देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिए ।

कार्यक्रममा कांग्रेस नेता अर्जुननरसिंह केसीले मधेसी मोर्चासँगको वार्तामा सहमति जुटाउन कांग्रेसले सहयोगी भूमिका खेल्ने बताए । तर, उपप्रधान तथा राष्ट्रमन्त्री कमल थापा नेतृत्वको राजनीतिक समितिले आहृवान गर्ने वार्तामा भने कांग्रेस सहभागी नहुने उनले बताए ।

मधेसवादी दलका माग सम्बोधन गरेर सहमतिको वातावरण बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अग्रसरता लिनुपर्ने उनले बताए । कांग्रेस नेता केसीले मोर्चाका मागलाई बेवास्ता गरेर समय खेर फाले संविधानको कार्यान्वयन सम्भव नहुनेतर्फ सरकार सचेत हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment