Comments Add Comment

लामो खडेरीले गँहुबालीमा नोक्सान

gahubali
११ असार, मुगु ।  लामो खँडेरीले मुगुका २५ सय मिटर माथिका लेकाली वस्तिहरुमा लगाएको गँहु वाली पाक्न ढिला भएपछि किसान मर्का परेका छन् । खडेरीका कारण एउटै गह्रामा एकैपटक छरेको गँहु पटक-पटक गरेर उम्रेपछि यहाँका गँहुखेतिमा प्रभाव परेको छ ।

मुगुका बा‐म, झ्यारी, मन्दु, शोभा लगाएतका थुप्रै लेकाली वस्तीहरुमा लगाएको गँहुबाली यसरी अघिपछि उम्रेकै कारण किसानहरु टिप्ने कि नटिप्ने दोधारमा परेका छन् । केहि बोटमा पाकेर गँहु झरेको अवस्था छ भने केहि बोटमा हरीयो बाला भएका कारण बर्षे वाली सिमी लगाउने ढिला भएको छ ।

खडेरीका कारण उम्रीन ढीला भएपछि बाला  त्यति राम्रो नलागेकाले र कतिपय गह्रामा कालो पोके रोगले समेत गँहुवाली नोक्सान पुर्याएको छ । सिमी लगाउने सिजन भै सकेकाले हरियो गँहु टिप्ने कि के गर्ने भन्ने पिरले किसानहरु चिन्तित देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment