Comments Add Comment

एड्भोकेसी फोरमको दाबीः प्रहरी हिरासतमा धम्की दिएर झुटो बयान लिइन्छ

११ आसार, काठमाडौं । एउटा गैरसरकारी संस्थाले गरेको अध्ययनमा प्रहरी हिरासत यातना केन्द्रको रुपमा परिणत हुँदै गएको देखिएको छ ।

Man-in-jailएड्भोकेसी फोरमले विभिन्न १० जिल्लाका प्रहरी हिरासतको भ्रमण गरी १ हजार २ सय १२ जना थुनुवासँग गरेको छलफलका आधारमा हिरासतहरु यातना केन्द्रको रुपमा परिणत हुँदै गएको प्रतिवेदन सार्वजनिक गरेको हो ।

शनिबार प्रहरीकै उपस्थितिमा प्रतिवेदन सार्वजनिक गर्दै हिरासतमा रहेकामध्ये १७ दशमलव २ प्रतिशत थुनुवालाई यातना दिने गरिएको बताएको छ । थुनुवामध्ये पनि बालबालिकाहरु यातनाको सबैभन्दा बढी शिकार भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

थुनवाहरुलाई बाँसका लाठी, प्लाष्टिकका पाइप र लात्तीले कुट्ने, श्वासप्रश्वास अवरुद्ध हुने गरी नाक र मुखमा पानी खन्याएर, ज्यान मार्ने धम्की दिएर तथा झुटो बयान दिन करकाप गरेर यातना दिने गरिएको दाबी प्रतिवेदनमा गरिएको छ । एड्भोकेसी फोरमका निर्देशक ओमप्रकाश सेन ठकुरीले प्रहरी हिरासतमा रहेकामध्ये २१ दशमलव ८ प्रतिशत बालबालिकामाथि अमानवीय व्यवहार भइरहेको र यो गम्भिर चिन्ताको विषय भएको बताए । प्रतिवेदनमा काठमाडौ, बाँके र झापाका हिरासतमा थुनुवालाई धेरै यातना दिने गरिएको उल्लेख छ ।

तर, प्रहरीले भने एडभोकेसी फोरमको प्रतिवेदन एकपक्षीय र हावादारी भएको बताएको छ । प्रहरी उपरीक्षक पूजा सिंहले भने थुनुवाहरुसँग मात्र छलफल गरेर तयार पारिएको प्रतिवेदन अविश्वसनीय भएको प्रतिक्रिया दिइन् ।

एड्भोकेसी फोरमले काठमाडौ, कास्की, रुपन्देही, बाग्लुङ, पर्वत, म्याग्दी, झापा, कञ्चनपुर लगायतका १० जिल्लाका हिरासतको भ्रमण गरेर प्रतिवेदन तयार पारिएको बताएको छ । एड्भोकेसी फोरमले यातना पीडितहरुका लागि अन्र्तराष्ट्रिय सहयोग दिवसको अवसर पारेर यातना निरन्तरता शिर्षकको प्रतिवेदन सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment