Comments Add Comment

कास्की टिम च्याम्पियन

११ असार, काठमाडौं । कास्की जिल्लाले अल नेपाल क्योकुसिन बुदो काई कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । कास्कीले ५ स्वर्ण, ४ रजत र ११ कांस्य जित्यो ।

नेपाल क्योकुसिन बुदो काई कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा रोचक सेट्ठी तथा महिलामा पवित्रा चौधरी उत्कृष्ट खेलाडी चुनिए ।

पुरुषको ३० केजीमा इन्द्रबहादुर थापा, ४० केजीमा राजुकुमार यादव, ५० केजीमा रितिक मागिया, ६० केजीमा गणेश अधिकारी तथा खुला तौलसमूहमा ओमराज पुन पहिलो भए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको महिला ४० केजीमा एलिसा बराल, ५० केजीमा अम्बिका जिसी तथा खुलामा सुस्मी श्रेष्ठले स्वर्ण जिते ।

विजेतालाई नेपाल क्योकुसिन कराते डो संघका अध्यक्ष जगतप्रसाद गौचनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा ९२ खेलाडीले ८ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक संघका संस्थापक एवं प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment