Comments Add Comment

अभागी स्वीस पेनाल्टीमा चुक्यो, पोल्याण्ड क्वार्टरफाइनलमा

poland

काठमाडौं । स्विट्जरल्याण्डलाई टाइब्रेकरमा हराउँदै पोल्याण्ड युरो कप २०१६ को क्वार्टरफाइनलमा पुगेको छ ।

निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

पेनाल्टी सुटआउटमा स्विट्जरल्याण्डका जाकाको प्रहार फ्रेममै परेन । स्वीस टिमलाई नकआउट चरणसम्म पुर्‍याउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका जाका पि्र क्वार्टरफाइनलमा भने खलनायक झै देखिए ।

स्वीस टिमका अरु चार खेलाडीले गोल गरेका थिए । तर, पोल्याण्डका पाँचै खेलाडीले गोल गर्दै ५-४ को जित दिलाए ।

यसअघि खेलमा पोल्याण्डले ३९ औं मिनेटमा अग्रता लिएको थियो । सुरुवातमै गोल गर्ने राम्रो मौका गुमाएको उसका लागि जाकुब ब्लासचिकोस्कीले गोल गरे ।

दोस्रो हाफदेखि विपक्षीमाथि लगातार आक्रमणको योजना बुनेको स्वीस टिमले खेल सकिन ८ मिनेटमात्र बाँकी छँदा बराबरी गोल फर्कायो । उसका लागि साकिरीले बाइसाइकल किकमार्फत निकै उत्कृष्ट गोल गरे ।

९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा पनि दुबै टोलीबाट गोल हुन सकेन ।

खेलमा स्वीस टिम पटक पटक अभागी सावित भएको थियो । स्वीस प्लेयर वान भर्सेस वानमा समेत चुके भने केही प्रहार बारमा लागेर फर्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment