Comments Add Comment

लाइसेन्सको फारम बुझाउन कार्यालयमै बास !

Nepali-Drivers-Licence-302x177१२ असार, काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुनाको मुख्य भवनको प्रवेशद्वारमा ताल्चा लाइएको छ ।

प्रवेशद्वारको सामुन्ने बसेर एक युवक टिफिन बक्समा ल्याएको रोटी र तरहकारी खाँदै थिइ । बिहीबार राति ९ बजेको दृश्य हो यो । शुक्रबार बिहान कार्यालय खोलेपछि मोटरसाइकलको सवारीचालक अनुमतिपत्रको फारम बुझाउनका लागि टोकन लिन उनले अघिल्लो दिनबाटै पालो कुरेका हुन् ।

तीन दिनदेखि लगातार बिहान ४ बजे आउँदासमेत फारम बुझाउने टोकन नपाएपछि बिहीबार भने अशोकप्रसाद जैसवाल रात त्यहीँ बिताउने गरी यातायात कार्यालय पुगेका अाजकाे गाेरखापत्र दैनिकले जनाएको छ ।

एकैछिनमा उनीसँग मिसिन आए सिन्धुपाल्चोक बाह्रबिसेका प्रदीप कार्की । लगातार नौ दिनसम्म् ४ बजे आउँदासमेत कुपन नपाएपछि उनी पनि रात नै टाकन बाँड्ने सुनेर रातभरि बस्न आएका हुन् । १२ दिनसम्म लगातार आउँदा समेत कुपन नपाएपछि गोपाल झाले पनि रातभरि कुरेर बस्ने बताए ।

एकै छिनका कार्यालयमा बास बस्ने आउनेको संख्या तीन दर्जन भन्दा धेरै भएकेा थियो । दिउँसो भेटिएका चितवनका सञ्जीव पौडेल मोटरसाइलक चालक अनुमतिपत्र लिनका लागि फारम बुझाउन यातायात कार्यालाय धाउन थालेको चार दिन भयो तर फारम बुझाउनसमेत पाएनन् ।

तीन चार दिन धाउँदा पनि सावारीचालक अनुमतिपत्रका लागि फारमसमेत बुझाउन नपाएका सयौं युवा दिनभरि यातायातमा लाइन बस्दै फर्किदैँ गरेका छन् ।

टोकन वितरण गर्नेहरुले लाइनमा बसेका भन्दा पनि आफ्ना चिनजानकालाई प्राथमिकता दिएकाले लाइ बस्नेहरुले सहज रुपमा टोकन नपाएको सेवाग्राहीको गुनासो छ । त्यसमाथि दलालहरुले किनबेच गर्ने भएका कारण पनि लाइनमा बस्नेले भने कुपन नपाएका हुन् ।

यातायात कार्यालयबाटदैनिक झण्डै तीन सय जानाले नयाँ फारम लिने गरेका छन् । झन्डै पाँचस सय जना लाइमा बसेर फर्किनु परिरहेको छ । कार्यालयले बिहान ७ बजेदेखि कुपन बाँड्ने गरेको छ । तर ७ वजे कार्यालयलमा पुग्नेले भने कुपन पाउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment