Comments Add Comment

उपत्यकामा तीन तहमा सवारीसाधन सञ्चालन हुने

१२ असार, काठमाडौं । सरकारले ‘मास ट्रान्सपोर्ट’लाई प्राथमिकता दिने गरी हाल काठमाडौं उपत्यकामा कायम रहेको करिब २ सय सवारी रुटलाई ६६ वटामा सीमित पार्ने भएको छ ।

Micro Bus at Kathmanuभौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी व्यवस्थापनमा मास ट्रान्सपोर्टलाई प्राथमिकता दिन यससम्बन्धी अन्तिम निर्णय गरी मन्त्रिपरिषद पठाउन लागेको हो ।

उपत्यकामा हाल करिब ३ सय संघ, संस्था, समिति मातहतमा १० हजार सवारी दार्त भई सञ्चालन हुुँदै आएका छन् । योजना मन्त्रिपरिष्दबाट पारित भएर आएपछि उपत्यकामा प्राइमरी, सेकेन्डरी र टर्सरी गरी ३ वर्गमा ६६ वटा रुट कायम हुनेछन् ।

प्राइमरीमा ८० सिट क्षमताका ८ रुट, सेकेन्डरीमा ४० देखि ६० सिट क्ष्मताका सवरी गुड्ने १६ रुट र टर्सरीमा साना सवारी गुड्ने गरी ४२ रुट निर्धारण गरिने  आयोजनाका उपआयोजना निर्देशक रमेश पौडेलले जानकारी दिएको अाजको कारोबार दैनिकमा समाचार छ ।

उनका अनुसार काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनका लागि बनाइएको काठमाडौं दिगो सहरी यातायात योजना अन्तर्गत काम अघि बढाइएको हो ।

यो काम आगामी २ वर्षभित्र पूरा गर्ने योजना छ । यसबाट उपत्यकाको सहरी यातायातमा सुधार हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment