Comments Add Comment

अत्याधिक वर्षाले ताप्लेजुङमा गोलभेंडा खेती नष्ट

golbheda nasta१२ असार, ताप्लेजुङ । अत्याधिक वर्षाका कारण ताप्लेजुङका कृषकहरुले लगाएको लाखौं मूल्य बराबरको गोलभेंडा बोटमै कुहिएर नष्ट भएको छ ।

ताप्लेजुङ नगरपालिकासहित नाङ्खोल्याङ, थेचम्बु, हाङ्देवा लगायतका दर्जनाैं स्थानमा लगाईएको गोलभेँडा निरन्तरको झरीका कारण कुहिएको हो ।

ठूलो क्षेत्रमा ठूलै लगानीमा लगाएको गोलभेँडा एकै सातामा नष्ट भएपछि ताप्लेजुङमा गोलभेंडाको भाउँ समेत अकासीएको छ भने माग अनुसार आपूर्तिसमेत गर्न नसकिएको ताप्लेजुङ नगरपालिकाका कृषक नेत्रप्रसाद भट्टराईले बताए ।

जिल्लामा बाली विमा बारे कृषकले ढिला गरी मात्र बुझेकाले र विमा समेत नगरेकाले यस पटकको झरीले नष्ट गरेको गोलभेँडाको क्षतिपुर्ति दिन नसकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस क्षेत्रका कृषकले उत्पादन गरेको गोलभेंडाले जिल्लाको पचास प्रतिशत माग धान्दै आएको थियो ।

जिल्ला कृषि विकास कायालयले यस क्षेत्रहरुलाई गोलभेंडा खेतीका लागि पकेट क्षेत्र नै घोषणा गरी कृषकलाई गोलभेडा खेतिमा प्रोत्साहन गरे पनि सरकारको लगानि रकम भने थोरै आउने भएकाले आफ्नै क्षमतामा सबै गोलभेँडालाई टेन्ट हाली जोगाउन नसकेको कृषकको भनाइ छ ।

केहि कृषकले भने प्लाष्टिकको टेन्ट बनाई खेती गरेकाले लगानि जोगिएको छ । गत वर्ष पनि गोलभेंडा बोटमै कुहिएर नष्ट भएपछि यस ठांउँका कृषकहरु मर्कामा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment