Comments Add Comment

सिड्नीमा सुनिए चौधरी

basanta chaudhariसिड्नी । कबितामा राष्ट् खोज्छन बसन्त चौधरी , गीत अनि गजलमा उत्साह र उमंग मात्र होईन कि साहस र प्रेरणा पनि थप्छन उनी ।

यिनै कवि बसन्त चौधरी शनिबार अष्ट्रेलियाको सिड्नीमा नेपालीहरू माझ गुन्जिए । अष्ट्रेलियामा एकै खाले कार्यक्रम हेर्दा हेर्दा फरक खोजिरहेको अबस्थामा सांच्चि नै चौधरीको बिश्ब काब्य सम्मेलनबाट सिड्नीबासी नेपालीहरूले नयां स्वाद र प्रस्तुतिको अनुभब संगाल्न पाए ।

ठाउँ फरक छ , परदेश हो
त्यसैले रिती परिस्थिति पनि फरक छ
भाबमै यथार्थ देखिने एेना लिएर आएको छु
शुभकामना लिएर आएको छु
संवाहक भएर आएको छु ….

बसन्त चौधरीको यो भाबसंगै एक छिन सिड्नीको हल तालीले गुन्जायमान भयो । सांच्चै सिड्नीबासी नेपालीहरूले नौलो र फरक कार्यक्रममा सहभागि हुन पाएकोमा खुशी पनि ब्यक्त गरे ।

एनआरएन अष्टेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल भन्दै थिए -‘ मन छुने साहित्यिक प्रस्तुतीले आनन्द आयो -‘ । एन आर एन आई सी सी सदस्य बालचन्द्र भट्टराईले थपे -‘ मिल्दो जुल्दो कार्यक्रम आईरहंदा साहित्यिक कार्यक्रमले बास्तबमा नै नौलो अनुभूति र स्वाद बांडेको छ -‘।

यो साताको साहित्य संयोजक रहेको बिश्ब काब्य सम्मेलन सिड्नी कार्यक्रमको संन्चालन राजेन्द्र शलभ र निस्प्रब सजिले गरेका थिए । चौधरीको यो एकल प्रस्तुतिमा १६ प्रस्तुति थियो भने सिड्नीबासीलाई आफ्ना एकल सृजना सुनाउन पाएकोमा साहित्यकार चौधरीले पनि खुशी ब्यक्त गरे । शनिबार अष्टेलियाको सिड्नीमा भएको यो कार्यक्रम आईतबार मेलबर्नमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment