Comments Add Comment

एकतिहाइ गर्भवती डिप्रेसनका सिकार

pregnentमहिलाहरुका लागि मातृत्वको आनन्द सायद अवर्णनीय हुन्छ । तर मातृत्वसुख प्राप्त गर्नु सजिलो भने छैन । एक अध्ययन अनुसार गर्भावस्थाका दौरान  एक तिहाइ महिलाहरु डिप्रेसनका सिकार हुन्छन् ।

अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयका शोधकर्ताहरुले गरेको पछिल्लो अध्ययन अनुसार महिलाहरु आमा बन्ने क्रममा कम्तिमा पनि ३ पटक डिप्रेसनको अवस्थाबाट गुज्रिन्छन् ।

शोधकर्ता तथा मनोविज्ञ शिहान फिसरका अनुसार शोधका क्रममा प्राप्त नतिजाले डिप्रेसन भएका महिलामध्ये ३७ प्रतिशत महिलाहरु गर्भावस्थाका बेला, २५ प्रतिशत महिलाहरु गर्भावस्थाभन्दा पहिले र ३८ प्रतिशत महिलाहरु प्रशव पछिको अवस्थामा डिप्रेसनका सिकार भएको पाइयो ।

सन् २०१५ मा गरिएको एक अध्ययनले गर्भावस्थामा महिलाहरु कति भयानक ढंगले डिप्रेसनको सिकार हुन्छन् भन्ने देखाएको थियो । त्यस अनुसार दोश्रोपटक गर्भवती भएको बेला अर्थात् दोश्रो बच्चाको आमा बन्ने बेला लगभग सबै महिलाहरु एकपटक आत्महत्या गर्ने विषयमा सोँच्दछन् ।

डिप्रेसनको लक्षण छिटै नै देखा पर्ने महिलाहरुमा क्रोनिक डिप्रेसनको समस्या भएको पाइयो । जसमा मानसिक उन्माद तथा अनिद्रा जस्ता समस्या पनि सामेल थिए । गर्भावस्थापूर्व डिप्रेसनको समस्या सुरु भएका महिलाहरु यो समस्याबाट लामो समयसम्म पीडित हुने गरेको पाइयो ।

यस सम्बन्धी शोध जर्नल अफ अफेक्टिभ डिसअर्डर्समा प्रकाशित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment