Comments Add Comment

हतियारसहित नेपाल छिरेका भारतीय पक्राउ

१२ असार, महोत्तरी ।  हतियार सहित नेपाल प्रवेश गरेका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

Pestolभारत सीतामणि घर भएका अनरूल हकत र अर्का एक नेपाली एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने ११ राउण्ड गोलीसहित पक्राउ परेका छन् ।

७ जनाको समूहमा नेपाल प्रवेश गरेका उनीहरूमध्ये प्रहरीले २ जनालाई पक्राउ गरेको हो । ज ६ प ७७१४ नम्बरको मोटरसाइकलसहित महोत्तरीकै बरूल शाह पक्राउ परेका हुन् । उनीहरूलाई जिल्ला प्रहरीको टोलीले आइतबार बिहान पक्राउ गरेको हो । यस्तै पाँच जना फरार रहेको जिल्ला प्रहरी कार्यालयका एसपी जनक भट्टराईले जानकारी दिए ।

एक साताको अवधिमा महोत्तरीबाट हतियारसहित नेपाल भित्रिएका ९ जना पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment