Comments Add Comment

दीपिका र रणबिर सर्वोत्कृष्ट कलाकार

deepika-and-ranabirमुम्बई । स्पेनमा भईरहेको इन्टरनेशनल इण्डियन फिल्म एकेडमी (आइफा) अवार्ड मा रणबीर सिंह सर्वोत्कृष्ठ अभिनेता घोषित भएका छन् ।

हिन्दी फिल्म ‘बाजीराव मस्तानी’ वाट रणबीरले सर्वोत्कृष्ठ अभिनेताको अवार्ड पाए । त्यस्तै दीपिका पादुकोणले ‘पिकु’वाट सर्वोत्कृष्ठ अभिनेत्रीको अवार्ड पाइन् ।

‘बाजीराव मस्तानी’वाटै सञ्जयलीला भन्सालीले सर्वोत्कृष्ठ निर्देशकको अवार्ड पाए । कार्यक्रममा पि्रयंका चोपडाले भन्सालीकै फिल्मवाट सह-नायिकाको अवार्ड पाइन् । सह-नायकको अवार्ड अनिल कपुरले पाएका थिए ।

‘हिरो’ वाट बलिउडमा डेब्यु गरेका सुरज पञ्चोली र आथिया शेट्टीले संयुक्त रुपमा डेब्यु कप्पल अवार्ड पाए । बेदु चतुर्वेदीले ‘पिकु’ वाट सर्वोत्कृष्ठ कथा र वरुण ग्रोवरले गीतको अवार्ड पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment