Comments Add Comment

निजगढ-हेटौडा-भरतपुर रेल्वे निर्माण प्रक्रिया अघि बढ्यो

१२ असार, काठमाडौं । सरकारले निजगढ-हेटौडा-भरतपुर रेल्वे लाइन निर्माणका लागि प्रक्रिया अघि बढाएको छ ।

Trainमेची-महाकाली विद्युतीय रेल्वे लाइन अन्तरगत निजगढ-हेटौडा-भरतपुरको वातावरणीय प्रभाव मूल्यांकन (इआए) को काम अघि बढाएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको रेल्वे विभागले काम अघि बढाएको छ । उक्त रेल्वे खण्डका लागि सरकारले सम्भाव्यता अध्ययनको काम सम्पन्न गरिसकेको छ । वातावरणीय प्रभाव मूल्यांकन गरि स्वीकृत प्राप्त भएमा रेल्वे निर्माणका लागि टेण्डरको प्रक्रिया शुरु भएर काम अघि बढ्नेछ ।

हरेक आयोजना निर्माण अघि उक्त आयोजना सञ्चालन गर्दा त्यहाँको वातावरणमा पार्ने प्रभाव, जैवीक, सामाजिक, सांस्कृतिक र आर्थिक पक्षमा पर्ने प्रभावबारे अध्ययन गरिन्छ । त्यसैका आधारमा आयोजना अघि बढाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment