Comments Add Comment

सुन तोलामा ५ सय रुपैयाँले सस्तो

gold-sun-chadi
१२ असार, काठमाडौं । शुक्रबार एकैपटक ३ हजार रुपैयाँले बढेको सुनको मूल्य साताको पहिलो दिन सस्तिएको छ । आइतबार सुन तोलामा ५ सय रुपैयाँले सस्तो भएको छ ।

आज सुनको मूल्य ५८ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य ५६ हजारबाट बढेर एकैदिनमा ५९ हजार रुपैयाँमा पुगेको थियो ।

जनमत संग्रहमार्फत बेलायतले युरोपियन युनियनबाट बाहिरिने निर्णय गरेपछि सुनको मूल्यमा भारी वृद्धि भएको थियो । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएपछि नेपालमा पनि सुन सीसतएको हो ।

आइतबार तेजावी सुन भने ५८ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवजसायी महासंघले जनाएको छ ।

यस्तै आइतबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment