Comments Add Comment

तरुण दल कालिकोटको अधिवेशनमा झडप, प्रहरी जवानसहित २ घाइते, ६ पक्राऊ

१२ असार, कालिकोट । नेपाली कांग्रेस निकट युवाहरुको संगठन नेपाल तरुण दलको कालिकोट जिल्ला अधिवेशनमा शनिबार राति झडप हुँदा एक प्रहरीसहित दुई जना घाइते भएका छन् । प्रहरीले झडपमा संलग्न भएको भन्दै ६ जनालाई नियन्त्रणमा लिएको छ ।

Nepal-Tarun-Dalतरुण दलको चौथो जिल्ला अधिवेशनको बन्दसत्रमा देउवा र पौडेल पक्षका प्यानलले नेतृत्व हात पार्न कसरत गरिरहेका बेला झडप भएको थियो । झडपमा देउवा पक्षीय सचिवका उम्मेदवार भिम शाही र प्रहरी जवान प्रकाश बुढा घाइते भएका छन् ।

सामान्य बिवाद हुँदा पौडेल पक्षका युवाहरुले एक्कासी बियरका खाली बोत्तलले आक्रमण गरी घाइते बनाएको शाही पक्षको आरोप छ । तर, पौडेल पक्षले भने त्यसको खण्डन गरेको छ ।

शाहीको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई जिल्ला अस्पताल कालिकोटमा सामान्य उपचार गरेर थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरी इन्सपेक्टर टेकबहादुर जोराले बताए ।

स्थितिलाई नियन्त्रणमा लिन खोज्दा युवाहरुले प्रहरीलाई पनि बियरका बोत्तल प्रहार गरेका थिए । प्रहरी जवान बुढाकोे ओठमा चोट लागेको छ । उनको उपचार जिल्ला अस्पतालमा भइरहेको छ ।

झडप पछि प्रहरीले दरुण दलका ६ जना कार्यकर्तालाई नियन्त्रणमा लिएर थुनामा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment