Comments Add Comment

बलियो फ्रान्सबिरुद्ध आयरल्याण्डको मनोवल उच्च

आइतबार साँझ ६ः४५ बजे

didiyar-deschamp

जारी युरोकप फुटबलको प्रि-क्वाटरफाइनल चरण अन्तर्गत आज साँझ घरेलु टोली फ्रान्स र आयरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

फ्रान्स समूहमा अपराजित रहँदै नकआउट चरणमा प्रबेश गरेको हो । उसले समूह ए मा रहेर रोमानिया र अल्वानियालाई पराजित गरेको थियो भने स्वीट्जरल्याण्डसँग बराबरी खेलेको थियो ।

यता आयरल्याण्ड भने समूह चरणमा उत्कृष्ट तेस्रो हुने चार टोलीमध्येको एक बन्दै नकआउट चरणमा पुगेको हो । समूह इ बाट आयरल्याण्डले इटालीलाई हराएको थियो भने स्वीडेनसँग बराबरी र बेल्जियमसँग पराजित भएको थियो ।

समूह चरणको तीन खेलमा फ्रान्सेली प्रशिक्षक डिडिएर डेसच्याम्पले फरक फरक फर्मेसन र खेलाडीहरुको सहभागितामा टोलीको परिक्षण गरेका थिए । तर उनको प्रयोग त्यति प्रभावकारी देखिएन । डेसच्याम्पले आज हुने खेलमा ४-३-३ को फर्मेसनमा पोग्वा, गि्रजम्यान र पायेटलाई उतार्न सक्नेछन् ।

आयरल्याण्डका तर्फबाट स्ट्रोक सिटी स्ट्राइकर जोनाथन वाल्टर्सले आजको खेल गुमाउनेछन् । उनी स्वीडेनबिरुद्धको खेलमा चोटग्रस्त बनेका थिए । प्रशिक्षक मार्टिन ओ’निलले समूहको अन्तिम खेलमा इटालीलाई पराजित गर्न सफल टोलीलाईनै फ्रान्स बिरुद्धपनि दोहोर्‍याउने अपेक्षा गरिएको छ । फ्रान्सेली स्टार दिमित्री पायेटले आइरिस गोलकिपर डरेन र्‍यान्डोल्फसँग इं्रग्लिस क्लव वेष्टहृयामबाट सँगै खेलेका छन् ।

आयरल्याण्ड र फ्रान्सबीचको खेल जहिले पनि प्रतिस्पर्धात्मक हुने गरेको छ । यी दुई टोलीले अहिलेसम्म १६ पटक प्रतिस्पर्धा गरेकोमा ७ खेल फ्रान्सले जितेको छ भने ४ खेल आयरल्याण्डले जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।

तर फ्रान्सले पछिल्लो ६ खेलमा आयरल्याण्डलाई ३ पटक हराएको छ भने १ पटक फ्रान्स हारेको छ । २ खेल बराबरीमा सकिएका थिए । यी दुई टोलीबीचको पछिल्लो पाँच खेलमा प्रति खेल १ भन्दा बढि गोलपनि भएको छैन ।

पछिल्ला १० खेलमा फ्रान्सको प्रदर्शन उत्कृष्ट छ । फ्रान्स पछिल्लो १० खेलमा १ पटकमात्र पराजित भएको छ । फ्रान्स सात खेलमा अपराजित छ । यता आयरल्याण्डले भने पछिल्लो १० खेलमा ३ जित, ३ पराजय र ४ बराबरीको नतिजा निकालेको छ ।

के भन्छन् प्रशिक्षक

डिडियर डेसच्याम्प, फ्रान्स

नकआउट खेलको रोमाञ्चकता अन्यभन्दा केहि बढि अवस्य हुन्छ । तर हामी योसँग अपरिचित छैनौं । हामी अन्तिम १६ मा छौं र हाम्रो उद्देश्य भनेको आगाडिका अड्चनहरुलाई पन्छाउँदै अघि बढ्नु हो ।

माथिल्लो स्तरको प्रतियोगितामा प्रदर्शनको अपेक्षापनि माथिल्लो स्तरकै हुन्छ । तर जित्नको लागि विपक्षीको पोष्टमा गोल गर्नैपर्ने हुन्छ । नत्रभने पेनाल्टी शुटआउटमा जानुपर्छ । हामीले कडा मेहनत गरेका छौं, हाम्रो रक्षापंक्ति केहि कमजोर पक्कै छ तर हामी समूह चरणका गल्तिहरुलाई सुधार्दै अगाडि बढ्नेछौं ।

आयरल्याण्डसँग केहि विश्वस्तरीय खेलाडीहरु छन् । जसले खेलको नतिजा आफ्नो पक्षमा पार्ने क्षमता राख्छन् । आयरल्याण्डले संगठित फुटबल खेल्छ र उ जितको भोको छ । मानसिक रुपमा बलियो हुनु भनेको गोल गर्न सक्नु होइन तर त्यसका लागि महत्वपूर्ण भने अवश्य हो । आयरल्याण्डको टोली त्यस्तै हो । उनीहरुमा महान एकरुपता छ र कडा मेहनत छ ।

मार्टिन ओ’निल, अायरल्याण्ड

हामी फ्रान्सबिरुद्ध त्यही आत्मविश्वाससहित मैदानमा उत्रदैछौं कि जसरी हामीले समूहको अन्तिम खेलमा इटलीसँग खेलेका थियौं । तपाईंलाई थाहै छ हामी उच्च क्षमता भएका खेलाडीहरुको टोलीबिरुद्ध भिड्दैछौं । मिडफिल्डमा होस, फर्वार्डमा होस या डिफेन्समा होस उनीहरु उत्कृष्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment